बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

लोक संस्कृति जगेर्ना गर्न कञ्चनपुरमा भुवा भस्सो प्रदर्शन


शनिबार, पुस २० २०८१
  • 590
    Shares

  • images
    images
    लोक संस्कृति जगेर्ना गर्न कञ्चनपुरमा भुवा भस्सो प्रदर्शन

    महेन्द्रनगर । लोक संस्कृति जोर्गेना गर्नका लागि कञ्चनपुरमा भुवा पर्व मनाइएको छ । शनिवार “हाम्रो परम्परागत हाम्रो संस्कृति, हाम्रो सुदूरपश्चिम हाम्रो सुन्दर प्रकृति” भन्ने नाराका साथ बझाङ लोक संस्कृति संरक्षण मञ्च कञ्चनपुरको आयोजना र भाषा साहित्य तथा सांस्कृतिक अध्ययन केन्द्र सुदूरपश्चिम विश्वविद्यालय कञ्चनपुरको सह–आयोजनामा महेन्द्रनगर स्थित स्मारकमा  भुवा भस्सो प्रदर्शन कार्यक्रमको गरिएको हो । 

    पञ्चेबाजाको तालमा हातमा तरबार र ढाल प्रयोग गर्दै विभिन्न विद्यामा भुवा खेल्ने गरिन्छ । पौराणिक कालमा देवताले आरक्षलाई पराजय गरेको खुसीयालीमा यो वर्ष मनाउने गरिएको कार्यक्रममा सहभागीले बताएका छन् । पृथ्वी विरुद्धमा राक्षसले आक्रमण गर्न थालेपछि देवि देउताले राक्षस विरुद्धको काम असफल पार्नका लागि युद्ध लडेको किम्बदन्ती रहिआएको छ ।  भुवा पर्व चार प्रकृतिमा खेलिने गरिएको छ । 

    रैका, पाण्डप, गौरा पर्वको तेस्रो दिन र आँगोको ज्योति बालेर खेलिन्छ । धार्मिक, सामाजिक एकताका लागि भुवा पर्व मनाइन्छ । 

    कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व आन्तरिक मामिला मन्त्री तथा प्रदेश सभा सदस्य प्रकाश रावलले धर्म संस्कृतिको जगेर्ना गर्न अपरिहार्य रहेको बताए । प्रदेश सरकारले लोक संरक्षणका लागी थुप्रै कार्यक्रममा सहयोग गर्दे आएको पनि उनले बताए । 

    कार्यक्रममा बोल्दै सुदूरपश्चिम विश्वविद्यालयका रजिस्टार यज्ञराज पाठकले संस्कृतिको जगेर्ना गर्नका लागी यस्ता पर्व मनाइनुपर्ने धारणा व्यक्त गरे ।पछिल्लो समय युवापुस्तामा लोप हुँदै गएको यस पर्वको विभिन्न समयमा मनाइने गर्नाले आगामी पुस्तालाई पनि लोकसंस्कृतिको ज्ञान हुने उनले बताए । विश्वविद्यालयले भाषा साहित्य तथा सांस्कृतिक अध्ययन केन्द्रको स्थापना गरेर लोक संस्कृतिको जगेर्ना गर्दे आएको रजिस्टार पाठकले बताए । 

    कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञ राज जोशीले भुवा पर्व साँकृतिक धार्मिक एव ऐतिहासिक महत्त्व रहेको बताए । ‘यसमा कला र सुरक्षा दृष्ट्रिकोणबाट महत्त्व रहेको छ, ‘उनले भने, ‘शक्ति र राज्यको सार्मथ्यसंग जोडिएको छ ।’ युवा पुस्तालाई मौलिक संस्कृति परम्परा हस्तान्तरण आवश्यक रहेको उनले बताए । 

    भुवा भस्सो प्रदर्शन कार्यक्रममा सहभागीहरूले भुवा भस्सो खेलमा सहभागी हुँदै संस्कृतिको गर्जेना हुनुपर्नेमा जोड दिए । 


  • सम्बन्धित विषय:

  • # हुलाक सेवा


  • प्रतिक्रिया दिनुहोस