नेपालका भाषिक लै रे क्षेत्रिय लै लोक साहित्यका क्षेत्रमाइ सेती महाकाली भूखण्डको विशेष योगदान छ । अइलका सुदूरपश्चिम प्रदेशको भाषिक साहित्यिक विकासै कुरडि़ गरन्जा डेड़ हजार वर्षको इतिहास पाउन सकिन्छ । याँका लोक साहित्यतिर डिठ हाल्याले कसैलै विकशित भाषाहै हमरो लोक साहित्य कम्ति नाइथिन । भाषिक प्रभाबका हिसापले हेरन्जा याँ १. भोट्या सौका भाषा २. सिजाली (जुम्ली) भाषा ३. डोट्यालि भाषा ५. रानाचारु भाषा ६. अन्य राजी, राउटे, कुमाउनी... भाषाको प्रभाव रयो धेकिन्छ । यिन भाषानको अफुन अफुन लोक साहित्य धेकिन्छ । ठौर अन्सार फरक कथ्यभाषाको तैठौरका लोक साहित्यमाइ प्रभाव पडिरेको हुन्छ । बसोबास अन्सार एक अर्खा भाषिक प्रभावसित लोक साहित्य लै मिसिबरे रन्छ ।
हमरा याँका लोक साहित्यको भणर ठूलो छ । जै भितर अनेक विधा छन्, सपै मान्सुनकि लेखाइ साहित्य छ । याँका लोक साहित्यमाइ समावेशिता छ, विशिष्टता लै छ व्यापकता लै छ । महिला, पुरुष, गेदा बुडा सपै लोक साहित्यसित जोडिन सक्द्या तै कौ प्रयोग गरि सक्द्या पैलि जो अवस्था थि अच्याल तैमाइ फरक हनपैरैछ । ऐल गाउँलै रे शहरोलै साहित्यको अवस्था बद्यालिन्लारैछ तो समयो फेर हो । याँ का लोक साहित्य सिर्जना, संरक्षण रे विकासमाइ एइ समाजका नारीनको भौत ठूलो योगदान थ्यो, जो अच्याल घट्टपैरैछ । ऐल मातृभाषामाइ संकट आयापाछा लोक साहित्यकि परम्परा लै संकटमाइ पड्डाछे । लोक साहित्यमाइ फाग, सगुन, अठेवाली गाउनामाइ नारीनको पुरा सहभागिता हुन्छ । जै ले कि लै बताउँछ कि फाग सगुन, अठेवालीका गिदका सर्जक लै नारी हुन । डेउड़ा पैली नारी पुरुष दुएइ सङ्ङै खेलन्थ्या एकै खेल , जात गोःरा जसा पर्वनमाइ पुरुषनका अलग्गै महिलानका अलग्गै डेउड़ा आजि लै हुनान । भडा चैत गाउन्या सहयोगी माहिला लै हुन्थ्या जैमाइ नारी गायक पाश्र्व गायक हुन्थ्या, भुमिका अनुसार छेउटा माहिला मात्तरै लै गाउथ्या ।
गीद, बैरा, भगन्यौला, भैनी, भोलाउलो, सजेवाली जसा पद्य विधामाइ ऐतिरका पुस्ताका जेठापाठा नारनिले सिकाउन्या गुरको काम गरन्थ्या । सयानानले अफना आदर्श वचनलाइ अनुकरण वाचन गराइ सिकौन्या रित थि । कम उमेरकाले धेकि सुणिबरे लै सिकन्थ्या । खास गरि स्रुति परम्परामाइ बचेका हमरा लोक साहित्यमाइ गद्य विधातिर लै महिलानको योगदान कम नाइथि ।
सिजा ननाः सिजा, सिजालै त चडि़मारिदिउँलो ..... लोरी गिद बटी है नानदिनानमाइ इजाले साहित्यिक सञ्चार गरन्थ्या । ब्यानलमुणि जातरा ओखलका कामसितलै भोलौलाकि मधुर वाणिले घरका मान्सुनकि निन बिउजालन्थ्या । बसाइबिन्जा रोटा पकौनइ सज्यावाली गाउँथ्या , आब तन कुरडि़ सुइनाजसी होइगैन । चाँडपर्व अन्सारका गिद, रितु अन्सारका गिद, हिउनकि रात बातै, जगाल गाज्जो काटन्जाका बैरा आब कमै सुणिनान । खुदेउड़ाका आइना बातै कथब निसिग्या । हमरा इज्यानले घर परिवार, गाउँ समाजमाइ जो साहित्यिक काम गरन्थ्या तो ऐलका अवस्थामाइ सोच्चुइ नाइ सकिनो ।
डेउडि़या आशुकवि हुन, फगरा वेद गाउथ्या, फाग, सगुन, रामायण, महाभारत उतिबेला जैले लै रचना ग¥या उन कति विद्वान हनाहन, गाउँकी कला आफूइमाइ वेदध्वनिको झल्को दिनान । कसै कसै हमरा इजाक्षमानसित लोक साहित्यको भणार लै हन्थ्यो । हरेक कामसित लोक साहित्य जोडि़यो हन्थ्यो । देमाणै ठडद्यार बातो बाल्याका दिन रातिभर बत्तिका ऐतिर फाग गौनेइ साधना कम नाइहुन्थी ।
डेउडि़या माहिला मात्तरै नाइ रामायण, महाभारत सुणि तसै फागमाइ गौन्याइ सिर्जनात्मकता एकतिर हुन्थीभण्या फगरानको विशेष सम्मान हन्थ्यो । जात ब¥याँत लगन काजनमाइ उन पैलि निउतिनथ्या । तनुनलाइ फग्यादाम दिइन्थ्यो । बित्या दिनुनमाइ अफना अफना गाउँठाउँमाइ गिदारी सगुनारी नारीनको जो योगदान हन्थ्यो तो अलिखित छ । सोधखोज गरि तनुत फछिणिउन्या काम नाइहोइरयो । संस्कृति निर्माणमाइ हमरा नारिनको विगत रे वर्तमानको भूमिका फरक धेकिन्नाछ । पछिल्ला समयमाइ केइ पड्यालेख्या रे केइ नपड्याले लै लोक साहित्य संरक्षणमाइ लागिबरे काम ग¥या धेकिन्छ । लेखन प्रकाशन और गायन क्षेत्रमाइ केइ महिला ऐतिर आइरयान लै त भावि पुस्ताको भौत जसो हिस्सा लोक साहित्य बठिहै टडि़न्नाछ । आधुनिक शिक्षा परिवेश लै रे प्रविधिका लै आकर्षणले ज्वान पुस्ता पुराना लोक साहित्यसित साइन जोड्डु नाइसक्कारयो ।
फाग सगुनकि ठौर डि जे संस्कृति बडि़ जत्ते ढोल्ङा, हुड्को, दमौ बजन्थ्या उत्ते ड्रम आया। गड़ाखेत वनवेत मोबाइल बज्जु पस्या । महिला संगीत भणिबरे बे ताल रगडा डान्स आयो, नन्दिना सियुन्ज्याँ टुइङ्कल टुइङ्कल बजाइदिया हुनपसिग्यो, एइ थितिमाइ लोक साहित्यलाइ बचौनाइ असजी छ । संस्कृति परम्परामाइ हुनपैरेकि नक्कल बटिहै बच्चाइलेखा सप्पै होसमाइ औन जरुड़ी छ ।
.gif)