मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

इतिहास बोकेको लोकगीत


पश्चिम प्रेस
बिहीबार , फागुन २६ २०७८
  • 1.2K
    Shares

  • images
    images
    इतिहास बोकेको लोकगीत

     
    भाषा संस्कृति लै लोक साहित्यमा लै भौत धनी रयाको सात नम्मर प्रदेशका लोक गीतनमा एकतिर लोक देउतानकी बातैं रे देउता दानवै लणैकी कुरड़ी हुनाले मान्सनलाई नीति नियमका जेउड़ामा बादिराइछ भण्याँ अर्खितिर इन गीतनले इतिहासलाई बँचौंन्याँ काम लै अरिराइछ । रामायण,महाभारत, कृष्णलीला जसा विषय मात्तरै याँका लोक गीतनमा अटायाका  छैनन बल्की यै क्षेत्रमा राज अद्या राजा रजौटानका गाथा लै सिमोटी रयान।


     सगुन दे सरस्वती लगन दे बृहस्पती  जसा सबैको भलो चितायाका माङल लै यै बैदिक संस्कृति भितरी छन् भण्याँ कति काटिया कति म¥या कतिका मस्तक छेक्या  जसा लणैका विभिषिका लै छन्। गुज्गुज्या बयो उनि खोली रयो  जसा हसौन्याँ गीत लै छन् भण्याँ छाड़्या इजू छाड़्या इजू मानिमाइका खजा छाड़्या इजू ढुङीमाटीको खेल जसा रोइउन्याँ गीत लै छन् ।सगुन(फाग,डेउड़ा,ठाड़ो,धुम्मारी,ढुस्को,चाली,चाँचरी,चौतोलो,भड़ा,आइन्,(बातैं सबैको फरक फरक लय ताल छ अफनु अफनुइ महत्व छ ।


     उसेरी है त जुम्लाका रैका बंशज नागी मल्लले कत्युरी रजालाई जित्यापछा सवा लाख गाउँसम्म फैलियाको प्राचीन डोटी राज्यका हात पड़्यासम्मका सबै देवी देउतानका धामी धम्यानीन ऐंचेइबरे दैवी तकतो परीक्षा अरी फील भयाकावलानका  खार भणार लुटी दण्ड सजाय दिन्थ्यो भणिन्छ। तसै क्रममाइ भागेश्वर देउतासितको पालो लै पड़ेको रैछ । गोराकी वेला मिजुरा लै ढोल्ङाकी लै तालमा खेलिन्याँ नागी मल्ल रे भागेश्वर देउताबीचकी सक्का सक्की प्रसंगका प्रस्तुत् ढुस्को गीदले तेरौं शताब्दीको डोटी राज्यको इतिहासलाई बँचाइ राइछ।


    देउतानमाइको हो को छ बड़ो
    देउतानमाइका भागेश्वर
    ठाकु्रमाइको हो को छ बड़ो
    ठाकुरमाइका नागी मल्ल
    भगेश्वर नागी मल्ल बाद पड़्यो
    अला तैं ठूलो देउ छै त भागेश्वर
    सोल सय डोटीमाइ भागेश्वर 
    रुडि़भाड़ी भैछ हो भागेश्वर
    तैं ठूलो देउ छै त भागेश्वर,
    दुई घड़ी भरीमाइ भागेश्वर 
    तैं पानी वर्षा हो भागेश्वर
    न त मैं ठूलो ठाकुर नागी मल्ल
    तैं नानू देउता ला भागेश्वर
    पैल्लो बादल गुसाँइ भागेश्वर
    काँमाइ मनेइ छ हो भागेश्वर
    काँसी बनारसः भागेश्वर
    दोसरो बादल गुसाँइ भागेश्वर 
    काँमाइ मनेइ छ हो भागेश्वर                                       
    बाँस बरेली हो भागेश्वर
    तेसरो बादल गुसाँइ भागेश्वर
    काँमाइ मनेइ छ हो भागेश्वर
    मल्स्या पिपल हो भागेश्वर
    चौथोल बादल गुसाँइ भागेश्वर 
    काँमाइ मनेइ छ हो भागेश्वर
    माल मदेश हो भागेश्वर
    पँछाउँ बादल गुसाँइ भागेश्वर 
    काँमाइ मनेइ छ हो भागेश्वर
    चील कटाल हो भागेश्वर
    छयाउँ बादल गुसाँइ भागेश्वर
    काँमाइ मनेइ छ हो भागेश्वर
    कोटकी ढिकुरी हो भागेश्वर
    सताउँ बादल गुसाँइ भागेश्वर
    काँमाइ मनेइ छ हो भागेश्वर
    सोल सय डोटी हो भागेश्वर
    अङार मुसो भ्यो हो भागेश्वर
    गुर्जनी गुज्र्र्योे हो भागेश्वर
    बर्षनी बष्र्यो हो भागेश्वर
    कोट कामन लाग्यो नागी मल्ल
    रानी कामन लागी नागी मल्ल
    लला कामन लाग्यो नागी मल्ल
    लली कामन लागी नागी मल्ल
    थर्कनी थक्र्यो हो नागी मल्ल


    इसेरी नागी मल्लले राखेकी शर्त अनुसार दुई घड़ी है लै पैल्ली मुसलध¥या पानी बर्षीबरे नागी मल्लको कोट रे कोठो दुएइ कामन लाग्या पछा नागी मल्लले हार स्वीकार अरीबर भौत भौत  भाकल गरेकी कुरड़ी गीतमाइ आँजी इस्याँ है आउँछे :


    अला तैं ठूलो देउता भागेश्वर 
    मैं नानु ठाकुर नागी मल्ल
    चील कटालैका भागेश्वर
    साल मगाउँलो हो भागेश्वर
    रुपा बञ्चरीले भागेश्वर
    साल कटाउँलो हो भागेश्वर
    सूना बासुलाले भागेश्वर
    साल तछाउँलो हो भागेश्वर
    तमाकी पातीले भागेश्वर
    गात छयाउँलो हो भागेश्वर
    सूनका गजुरैले  भागेश्वर
    गत सजाउँलो हो भागेश्वर
    सोल सय डोटीकी भागेश्वर
    सीख अणउँलो हो भागेश्वर
    सिराड़ी पुजरा हताँ भागेश्वर
    भोग लयाउँलो हो भागेश्वर
    जोली रावली चेली भागेश्वर
    तोइ देउ चड़ाउँलो हो भागेश्वर
    सोल सय ब्रह्मा हताँ भागेश्वर
    बेद पड़ाउँलो हो भागेश्वर
    सूना जनै दिउँलो हो भागेश्वर 
    बेद रुद्री दिउँलो हो भागेश्वर


     जोली रावली चेली भागेश्वरतोइ देउ चड़ाउँलो हो भागेश्वर भण्ण्इाँ ठाउँमा काँइकाँइ चेली चाकर दिउँलो हो भागेश्वर  लै भणिन्छ ।  स्थानभेद अनसार कत्तेइ कत्तेइका आँखर थोक्थोका फरक भया लै मूल भणाइ एकै हुन आउछे । इसेरी अफनु मल्लप निकल्लाकी नागी मल्लले और भाकलका सङ्(सङै रावल थर भयाका रैतीकी एक जोड़ा कन्न्या लै चड़ौन्याँ भाकल अरीबर धर्मका नाउँमा देउकी प्रथा जसो कलंकको सुरुवात अरेकी कुरड़ी गीतबटि बुजिन्छ ।अर्खितिर सूनको गजूर रे चाँदीका तिखुनाले ढालीकन सूनका बसुलाले ताछीबर चील कटाल भण्ण्याँ ठौरका सालका खाम भागेश्वर देउतालाई चड़ाउन्याँ नागी मल्लको राज्य कति वैभबशाली हुनो हो भण्ण्याँ हम कल्पना अद्द सक्काऊँ ।


     इसइसाइ भौत लोकगीत यै क्षेत्रमा गाइन्थ्या तर अच्याल इन गीत हरान पैरयान ।सामाजिक एकता रे भेटघाट ट परै राखौं,जब बुडा पाकानबठेइ रे पन्नर पच्चिस्या पैकेलानसम्मका सबै एकै खलि पट्कनीमा तालमा ताल रे पैंतोलीमा पैंतोली  मिलाइ इसा लोक गीत गौन्थया तब मनेरञ्जन रे मानसिक शान्ति एकतिर मिलन्थी भण्याँ नौला पुस्तानलाई ज्ञानगुन अर्खितिर पाइन्थ्यो । काँइ कथै रीत जगौनाकी गाइया पन मूल लय, हाउभाउ रे आँखर बदेलिया जसो लागन्छ । हमरी पछ्याण , हमरो इतिहास रे हमरो जीवनसम्म बोक्याका लोक वाङ्मय हमले नबँचया और को बँचालो .....प्रशन हमैंमाथि तेर्छिन्छ ।


    प्रतिक्रिया दिनुहोस