यिन बीच बटामाइ माटो खणिबरे बसिरयाका देबतान्
यिन जाणिरख्या लै लटा होइबरे बसिरयाका मानसौन
यिन भुइसोलाले उदारेका माणौ, यिनरा बाङियाका गजुरौन
यिन सालिक बनिबरे दोबाटामाइ कलीरयाका हजुरौन
जब धेक्कौ मै यिन सप्पैलाई याँइमणि बसिरयाका
जज्ज्याँ लै उसाका उसाइ, जज्ज्याँलै जसाका तसाइ
उज्ज्याँ गलत जसो लागन्छ एइ देशको इतिहास मलाई । (अनुवाद)
कवि भुूपि शेरचनले आफ्ना कवितामाई इस्याँ आफूलाई आफ्ना देशको इतिहास गलत लागेको भणिथ्यो । आँजी उनले यो लै भणि राख्छ, “हम बुद्धू हौ तसैले मात्रै बहादुर भया हाँै ।’’ कवि शेरचनका कवितान्को गूढार्थ जे भयालै साँच्ची हम बहादुर नाइ रे बुध्धुइ ब हौ कि ? हमलाइ हमरोइ इतिहास भाँची भुचिबरे गलत पढाएको ब हो कि ? कज्ज्याइ मइलै इसोइ सुच्चौ ।
खाना लउनाका धेकिन्या दुख है अनारामाइ लुकाएका अफनाइ पुर्खान्को इतिहास कि कुरणि समज्या बरे जेधा पिरलो हुन्यारैछ । अच्यालका दुःख है लइ कबका ब बज्या(परबज्यान्का दुखमाई आँजिलै छलकपट (राजनीति?) हुनइ लाछ । अर्खालाई दमन गरन्या दुशचक्रमाई कै को इतिहास मेटियो, कै को हरायो, कैको केरियो, कै का रकतले के लेखियो, भण्णया कुरा अव्यक्त जसो धेकिया बरेलै जनमानसमा सद्दो सद्दोइ औन्यारैछ । तबै त हमरो इतिहासको ज्यादा भाग मिथक (काल्पनिक पुराना कथा) बटि है भणिन्छ गौंघरमाइ । तन सुणियाका बातैमा कति भाग साँचो होलो, कति कल्पना होलो, हमरा इतिहासको यो अनुसन्धान हुनु पय्या पक्ष हो ।
भणिन्छ, इतिहास जित्यानको घोडो हो । जित्याका राज्यमाइ जाँ लै हिंसागरिबरे त्रास धेकाइबरे शासन गरिन्छ । सुविधा अन्सार साँचि कुरणि तोडमरोड गरिन्छे । भयाका घटनान्का बारेमाइ आफनान्लाई प्यारो लाग्गया गरिबरे पत्यार पय्या किसमले कालक्रम मिलाइबरे इतिहासमाई व्याख्या गरिएको हुन्छ । हमरा इतिहासकारौनले त तथ्य है ज्यादा कथा किम्बदन्तीन्लाई ऐतिहासिकता प्रदान गरि राखिछ । गोरखालीले जितेको डोटि बैतडीको इतिहासमाइ क्या साँच्चि कुरणी लेखी हुनि हो त? बिचार गद्दु पय्या कुरणि छ ।
क्यै उदाहरण दिउँ । हेरोडोटसले भारतमाइ फ्याउरा जसा कमिला, उय्या स्याप पाइनान् भणिराख्छ । नेपालका इतिहासको पैलो कथा चीनबटि है अयाका महामंजुश्रीले गल्छी काटि बरे नागौनलाई बगाएका बारेमाइ छ । काँइकाँइ ने मुनि लइ मंजुश्रीको कथालै गज्यामज्या गरिराखिछ । अनुमान गद्द्या हो भण्या कैलाशकुट भवनका भब्यतामाई पालियाकि महासामन्त अंशुबर्मा कि चेली भृकुटिलाई भोटेराजासित हिमालपारी पठायाकि कुरणी असान्दर्भिक लागिन्छे । पृथ्वीनारायण शाहका पुर्खा महाराणाप्रतापको वंशज माण्ण्या कि उइबेला मगर बहुल क्षेत्र भएकोले गोरखाकै खाँटि मगरका बंशज माण्ण्या माइ आजिलै विवाद छ । गणतन्त्र अयापछा मात्तरै यिनलाई मिथक पात्र बनौन छाडि राखिछ ।
इस्याँइ हमरा मौन इतिहासमाइ कतिब भाटगिरी गरियो? लेखी नसकिनु छ । देहरादूनका नालापानी किल्लामाइ बीर बलभद्र भणियाका हमरा सेनानायक उथै बटि है पञ्जाबका राजा रणजितसिंहका फौजमाइ भर्ना हुन गएका हुन् । यै घटनामाई हमरो इतिहास तै चुप मै चुप छ । लाहौर झाइबरे लाहुरे बन्न्या उनै पैला नेपाली (गोर्खाली) हुन् भण्णान् । नालापानी किल्लामाई मारिएका महिला केटाकेटि को हुन् ? लडाईका किल्लामाइ उनलाई क्याइ राखेको हो ? हमरो इतिहास केइ नाइ बोल्लो ।
गोर्खा कम्पनीका लडाइँमाई दरबारको कार्यनीति बनाउन्या मान्सौनले युद्धक्षेत्रका परिस्थितिको सही आँकलन नाइ गरिसक्यो भण्ण्या कुरा सबैलाइ था छ । तै है अगाडि गोरखाराज्य बन्न्या बेला लै तसोइ भद्दरगोल थ्यो । बिकट बाटोघाटोका कारण बिजितक्षेत्रमाइ सरकारको नियन्त्रण हुनसक्क्या अवस्था नाइथ्यो । राज्यले न कर्मचारी पाल्ल्या हैसियत राखनथ्यो, न सरहद भितर शासन गद्द्या । इसैइ कारणले “जिउधन सरकारको’’ भण्ण्या अवधारणा आयो सुदूर पश्चिमका जनमानसमाइ । एइ भद्रगोलको अवस्थालाई “गोरख्यौल’’ को नाम दिइयो । राजा भुुमीका मालिक भया बरे लै तै भुमीबटिहै कोइ उब्जनी आमदानी लिनसक्क्या अबस्था नाइथ्यो । तब ताँस् बिर्तावाल, किपटवाल, गुठियार, मुखिया, रजबार आदि छोटेराजा भया रे कुत आम्दानी उठाउनाइ दलाली कमिसन खान पस्या । तै परिस्थितिमाइ राष्टूको ईतिहास कस्याँ लेखियो होलो? बिचार गद्द सकिन्छ ।नेपाल एकिकरणका बेलासम्म गोर्खाली पाइक धनुषबाँण खुँडाखुकुरी मात्तरै निक्करी चलौन जाणन्थ्या । करकापमाइ पडिबरे मात्रै लडैका कटकमाइ झान्थ्या । पुराना तोपका पार्टपुर्जा डोकामाइ बोकिबरे गढीगौडामा पुग्यापछा नटबोल्ट कसन्थ्या । येइ परिस्थितिमाइ धुर्त अङरेजौन कि सामरिक नीतिका अघाडि निरीह हुनुइ पणन्थ्यो । येइ पछालै अफना सत्तालाई बैध बनाउना कि लेखा रचिएको इतिहास कसो होलो? सुच्च सकिन्छ । इसैमाइलै अच्याल नयाँ नेपालका केइ स्वनामधन्य विद्वानौनले येइ इतिहासलाई झिक भद्रगोल बनाइ दि राखिछ । ऐतिहासिक यथार्थ भणन्छ, नेपालका आदिबासी खस जातिका मान्स हुन् । झण्डै छ हजार वर्ष ऐतिर ककेससबटि है पूर्वितर लागिबरे यिन सिधै मानसरोबर क्षेत्रमाइ बस्या । मानसरोबरबटि है दक्षिण हिमालपारी गयाका कस जुम्लाबासी भयापछा खस भणिया । खस खानदानमाइ जातपात नाइथ्यो , प्रकृतिको पुजा गरन्थ्या । भगवान इनरी लेखा निराकार थ्यो । मतवाली, मष्टोपुजक , जातपात बिहिन( यिनरा तीन बिशेषता थ्या । जुम्लाबटि है ओरालो लग्या पछा उनौन है तीन हजार बर्षपछा पहाडतिर पस्याका कान्यकुब्जीय ब्राह्मण संस्कृतिवाला मान्स मिसिया । एइपछा भिन्नखालको मिश्रित “पहाडी’’ सहसंस्कृति विकास भयो भण्णान् । ‘मनुस्मृति’ माइ खसौनखाँई ‘व्रात्य’ भणिरै छ ।
अथर्ववेद संहिता (१५।१।४।५) माइ त शिवजीथाइ लै ‘व्रात्य’ गणौनको नाइके (महादेव) भणिएको पाइन्छ । वैदिक आचरण अक्षरशः नमान्ने भया हुनाले दक्ष दम्पतिले छोरी दिन नमान्याका ब हुन कि ? भण्ण्या लागन्छ । शिवजी आधारभूत रूपमाइ हरप्पा अर्थात भारतीय उपमहाद्वीपका देवता हुन् । कैलास पर्वत शिवजीको आवास भएकाले शिवजीलाई ‘यक्ष’ (‘यक्षस्वरूपाय’ जटाधराय) अर्थात्, (एट्किन्सनका अन्सार) ‘खस’ माणि राखिछ । हिमालय भेगमा पाइन्या जनै न लौन्या खस बटिन है आजिलै प्रागैतिहासिकताको जीवन्त पछ्याँण पाइन्छे । वैदिक सनातन धर्मले राजनीतिक शक्तिको आड पया पछा एइको जोडदार प्रचार प्रसार हुन पस्यो । समाजमाइ ‘ठुलाबडा’ ले जे गद्दान् लोकले तसैको सिको गरन्छ । इस्याँ वैदिक धर्म नमाण्या भिटिया बरे तइको उपहास गरन्या प्रवृत्ति स्वाभाविक भयो । मैदानी भागबटि है राजनीतिक शरण लिन हिमालय पसेका राजानले वैदिक धर्मको प्रभाव हिमालयमाइ लै लेया । इस्याँ भऔत खस वैदिक जातपात भितर पस्या । तस्याँ सामाजिक समायोजन भयाबरेलै अर्खानको सिको मात्तरै गर्यो हनाले मैदानी आँखाबटि है हेर्याबरे हमरो सामाजिक जातिय ब्यबस्थामाइ पक्कालै केइ अन्नौठा कुरा धेकिनान् ।
खस मानसौनकि पछ्याँण अच्याल मष्टो पुजकमा सिमित छ ।मष्टो पुजन निराकार हुन्छ । इनरा कुलपुजामाइ देबदेबी नाइ रे लोणा आकारका केइ ढुङा हुनान ।नयाँ राजनैतिक बिश्लेषणमाइ अन्य बनाइएका खसौनको चिनारी मष्टो लै कुलपुजामाइलै बेणिरैछ । हमरा क्षेत्रमाइ धेरै ठौर पौराणिक देब देबीका माणौलै छन । ढुङामाइ पुजिन्या स्थानिय लोकदेवता, भुमीदेवता पितर देवताका माणौ थान थपनालै छन । काँइ वैदिक बिधिले पुजा हुन्छ । काँइ अर्खाअर्खाइ किसमले लै पुजा लागन्छे । इस्याँ दुई महान सभ्यता मिलिबरे नयाँ सभ्यता बनिरैछ, एइलाइ खस आर्य भणिबरे सम्बैधानिक बर्गिकरणको अन्य समुहमाइ राखिरैछ । उथ बैदिक आर्यको अरखो हाङो गंगा मैदानबटि है फैलिबरे राजा जनक हैलइ पइल्लि नेपालका तराइमा पस्यो । इनौनलाई अच्याल मदेशी भणिन्छ । यी मैदानी जंगल भितर केइ आष्टिूक द्राबिण सभ्यताबटि है अयाका सभ्यताका प्राचीन हाङा लै छन् । हिमालयका काखमाइ मंगोल(किरात सभ्यताका हाङा लै छन् । पछा पछा मदेशका शहरौन नजिक मुसलमानौनले लै बस्ति बसाइ । इस्याँ नेपाल भिन्न भिन्न सभ्यताको महासंगम बन्यो । कसै एक हाङालाइ मात्रै बडाइचडाइ गर्या बरे कस्याँ सहि ईतिहास भणेलो पैँ ।
इतिहासमाइ लप्पनछप्पन लेखन्या भौत कारण हुन सक्कान् । बाध्यात्मक अबस्थामाँइ या सुनियोजित षडयंत्रबटि हैलइ तसो ईतिहास बन्न सकन्छ । आफुलाइ ठुलो औरौन नानू बनौनाकि लै इतिहासमाइ आलंकारिकता थपिबरे शासन गद्या शक्तिशाली औजार बनौन सक्कान । आफना बारेमाइ आफुइ लेख्ख पस्याबरे लै ईतिहास गलत हुन सकन्छ । ईतिहास लेखनमाइ गरिन्या यी गल्तिवटि है कभै त मूल रुपै बिकृत हुन सकन्छ । लेखनमाइ बिचारकि छाया त पणी झान्छे ।पश्चिमा लेखकौनले पस्क्याका पुर्बीय बिम्ब मौलिक स्वरुपको संवाद नाइ दिन सक्दा । तब लै उनरो सोच संकुचित बिकृत जसो धेकिन्छ । चार युगको हिसाबकिताब राख्ख्या पुर्बीय कालगणनाको पद्धतिलै संस्कृत भाषाको ज्ञानलै अधकल्चो भयाका अंगरेज लेखकौनको टिपोट बटि है टिपेको इतिहास कसो ब होलो? अनुमान गद्द सकिन्छ । उनरा आफु अनुकुल हुनेगरी कल्पना गरेका किम्बदन्तिलाइ आब लै ईतिहास माण्याबरे हम है बुद्धू बहादुर को होलो ब ! सन १७९० माइ नारिदाङमा भइकि लडाइपछा मात्तरै सुदुर पश्चिम गोरखा राज्यमाइ गाविएको हो । तै है अगाडी वाँ अफनोइ किसिमको शासन परिपाटि हुनो हो । पक्कालै जनमानसको सामाजिक जिबनमा उकाला ओराला अबश्य अयाका हुना हुन । लडाइमाइ पराजित भयापछा नौला शासनमाइ समायोजन हुन गाणो त भयोइ हुनो हो । यी कुरणि इतिहासमाइ काँइन धेकिनी । कत्युराकालीन उकुदरबारजसा नागिमल्लको अजयमेरुकोटजसा ठौर बटि है कस्याँ शासन चलन्थ्यो होलो, कोइ आधिकारिक सोधखोज नाइथिन् । अफना दरबारका पखामाइ झाइबरे राज्यका कति घरमाइ खनाइ पाक्यो भणि ध्वाँ हेद्या नैपालका राजाका बारेमाइ हमले पणि रख्यौ । हिमाल वारीपारि एकछत्र शासन गद्या सिंजाली राजाका बारेमाइ काइन पणाइनो । सुदुर भेगका कोऽर, कोर या कुँँवर खसक्षेत्री नेपाल दरबारमाइ झाइबरे मात्रै श्री३ राणाजी भयाका हुन भणिबरे पछासम्मलै इतिहासले लेख्ख नाइसक्यो । देउचेली, डोलामैयाँ, अधेकारानीनका कथा तै इतिहासमाइ कभै न अट्या । हमरा वास्तविकताको बलजफति काशीकरण गरिबरे हमलाई अफनाइ देशको गलत इतिहास पणाइ राखिछ । कर्णाली पारिका मान्स ऐललै कर्णाली पारीकालाई पूर्वीया भणिबरे फरक दृष्टिकोणले हेद्दान् । गढी खलङामा बसन्या गोर्खाली शासकौनसित अयाका जागिरदारौनका सन्तान अर्थात खलङे गौघरतिरक मानसौनलाई आजिलै पाखे गँवल्या भण्णान् । यो सोचाइ तस्सोइ बनेको नाइ हो । फरक धरातल भएका मानसौनलाइ बलजफतिले एकीकरण गद्याबेलाको दर्दनाक इतिहासको निरन्तरता हो । येइ भितर प्रथम शहिद बलदेब शाही (बाँकाबीर) बटि है बिद्रोही राजा ओमजंङसम्मका कथा लुकाइएका छन् । तसै भितर सयौँ वर्षसम्म लुकाइएका तथ्यगत सूचनालै हुना हुन् ।
हमरा दुखले आर्ज्याको संघिय गणतान्त्रिक लोकतन्त्र भितर आब इतिहासमथिको भ्रम नयाँ पुस्ताले चिद्द सक्कु पणन्छ । तै कि लेखा हमरा मूर्त(अमूर्त लोकसम्पदाका अवशेष आँजिलै बाँकी छन् । खालि मन्दिरौनकि लेखा मातरै रकम बाडिबरे अफना गणौन्को भरणपोषणमाइ मात्तरै सहयोग गरीबरे संघीय इकाइको स्थानिय स्वशासनको कर्तव्य पूरा नाइ हुन्या हो । हमरो छायामणि राख्खेको असली इतिहासमाइ समेत अध्ययन अनुसनधान हुनु जरुरी धेकिन्छ । आजिलै विश्वास छ हमरा थानीय पालिका येइतिर अवश्यै बिचार गरन्ना ।
.gif)