शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

गजल


शुक्रबार, फागुन २७ २०७८
  • 1.9K
    Shares

  • images
    images
    गजल


    अहो प्रेम धेरै गरेछौ चरामा 
    बसालेर नानाथरी पिञ्जरामा

    तिमी को  कहाँ  के  भनी क्वै नसोध्नु
    कथा लेख्छु साथी कुटोले गरामा

    जुवामा हलोमा अनौठो छ जादू
    गजल फल्दछन् ती कुना कन्दरामा

    तिमी देश भन्छौ फगत देश भन्छौ
    भए युद्ध केवल परी अप्सरामा

    म भेट्दैन छाया कतै बैतडीको
    न यो राजधानी न त्यो पोखरामा

    म खोज्दैछु यो देशको मान चित्र
    कतै लिम्पियामा कतै दोधरामा

    *******************************

    भए चाह हेर्ने कला लेखनीको
    छ त्यो धान कोदोहरूको जरामा ।।




    प्रतिक्रिया दिनुहोस