काठमाडौं । नेपाली फिल्म ‘कठपुतलीः द पपेट’ले विन्टर फिल्म फेस्टिवलमा दुई अवार्ड हात पारेको छ । भीमसेन लामाले निर्देशिन गरको उक्त फिचर फिल्मले उत्कृष्ट हरर फिचर फिल्म र इन्डी पिक्स अवार्ड गरी दुई अवार्ड जितेको हो ।
पृथ्वी राना मगरको निर्माणमा बनेको उक्त फिल्मको कथा, पटकथा एवं संवाद सम्पदा मल्लले गरेको हो भने गौरी मल्ल, मिथिला शर्मा,े शिल्पा मास्क कर्म, उषा रजक, लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
अमेरिकाको न्युयोर्कमा सम्पन्न फेस्टिवलमा ‘कठपुतली’ प्रिमियर भएको हो । त्यस्तै‚ हर्टल्यान्ड इन्टरनेशनल फिल्म फेस्टिवलमा पनि यस फिल्म छनोट भएको छ ।
नेपालमा असफल मानिने हररे जनराको फिल्मले विदेशी फिल्म फेस्टिवलमा अवार्ड जित्नु सिंगो उद्योगका लागि खुशीको कुरा हो ।
अवस्था सामान्य भए कठपुतलीलाई यसै वर्ष देशभरि प्रदर्शनमा ल्याउने तयारी रहेको निर्माण पक्षले जनाएको छ ।
.gif)