बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

प्यारो छ जोरायल


शनिबार, फागुन २८ २०७८
  • 989
    Shares

  • images
    images
    प्यारो छ जोरायल


    कैयौं मीठा पल–पल बिते, यादले याद राख्ने
    बाख्रा हेर्दै वनसित भुली, प्रीतको गीत डाक्ने 
    सम्झी बस्थें दिन रहरका लाख तस्वीर हेरी
    खेलानाला अनि बगरको, सम्झना आज फेरि 


    डाँडाले हरियो सुदृष्य पहिरी, शोभा थुपार्यो कति 
    नाँच्यो खेतमहाँ बुझेर पसिना, वास्ना दिँदै बास्मती 
    कर्नासा नद बग्छ भर्छ रमिता, मैदानमा चञ्चल 
    मेरो लागि सदैव पूज्य धरणी, प्यारो छ जोरायल 

    तिम्रो फोटो नयनभरि नै टल्कियो आज फेरि  
    पल्केकैथ्यो मन अझ बढी पल्कियो आज फेरि 
    आशा होलान् मधुरस छुने फूल फुल्ला सुनौलो,
    ‘सुक्ने डाली’ मलजल हुँदा हल्कियो आज फेरि 

     




    प्रतिक्रिया दिनुहोस