महेन्द्रनगर । लिखित परीक्षामा उत्तीर्ण भएका नायब सुब्बाका उम्मेदवारहरूले लोक सेवा आयोगमा धर्ना दिएका छन् । आइतबार लोक सेवा आयोगको केन्द्रीय कार्यालयमा पुगेर अन्तर्वार्ताको माग गर्दै धर्ना दिएका हुन् । गत भदौमा लिखित परीक्षाको नतिजा प्रकाशित भए पनि अहिलेसम्म अन्तर्वार्ता नहुँदा आफूहरूको भविष्य अन्योल भएको भन्दै उनीहरूले आयोगको ध्यानाकर्षण गराएका हुन् । अदालतमा मुद्दा परेपछि गत भदौदेखि नासुको अन्तर्वार्ता रोकिएको थियो ।
.gif)