डोटि । जिल्लामा म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरण गर्ने व्यापारीलाई जिल्ला प्रशासन कार्यालय डोटिले कारबाही गरिएको छ । बिहीबार सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा यहाँका प्रमुख व्यापारी केन्द्र पिपल्ला, राजपुर तथा दिपायलमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा बजारमा म्याद नाघेका गैर खाद्यवस्तु बिक्री वितरण गर्ने आठ व्यापारीलाई कारबाही गरिएको हो ।
अनुगमनका क्रममा कारबाहीमा परेका पसलमा घटाल सप्लायर्स, जानकी डेरी एण्ड मिष्ठान भण्डार, देउवा टेडर्स किराना एण्ड तरकारी पसल, राजन किराना पसल पिपल्ला, कलेल टेर्डस एण्ड सप्लायर्स तथा न्यू जोशी खुद्रा पसल राजपुरलगायत छन् ।
कारबाहीमा परेका पसललाई उपभोक्ता हित संरक्षण ऐनअनुसार कारबाही गरिएको र म्याद नाघेका अखाद्य वस्तु नियन्त्रणका लिएर नष्ट गरिएको संयुक्त बजार अनुगमन समितिका संयोजक तथा सहायक प्रजिअ जोशीले बताईन् ।
.gif)