कैलाली । सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले आह्वान गरेको वन रक्षक पदको विज्ञापन खारेज गर्न माग गरिएको छ । थारु कल्याणकारी सभा कैलालीसहित ११ दलले उक्त विज्ञापन संविधान विपरीत खुलाएको भन्दै खारेज गर्न माग गरेका हुन ।
विधानमा थारु क्लष्टरलाई उल्लेख गरेको र थारु आयोगको व्यवस्था रहेको अवस्था हुँदाहुँदै लोक सेवा आयोगले अरू जातजाति, वर्ग, समुदायको कोटा निर्धारण गरेको तर थारु समुदायको लागि कोटा निर्धारण नगरेको भन्दै संविधान विपरीत विज्ञापन खारेज हुनुपर्ने बताएका छन । प्रदेश लोक सेवा आयोगले गत बुधवार प्रदेश निजामती सेवाअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्षक पदका लागि खुला तथा समावेशी गरी १६७ पदमा विज्ञापन खुलाएको थियो ।
.gif)