दार्चुला : दार्चुला जिल्ला सदरमुकाम खलंगाको तिकंरखेडास्थित प्रेमसिंह बुढाथोकीको घरमा प्रहरीले छापा हानेको छ । छापा हान्दा एक दर्जन जुवाडे पक्राउ परेका छन् । घरभित्र जुवा खेल भइरहेको सूचनाको आधारमा छापा हान्दा जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलाका प्रहरी निरीक्षक माधव विश्वकर्मा नेतृत्वको टोलीले जुवाघरमा छापा हान्दा ठूलो रकमसहित जुवाडे पक्राउ परेको बताइएको छ । प्रहरीले दशै तिहारको पूर्वसन्ध्यामा जुवा घरमा छापा हानेको हो ।
पक्राउ परेकाहरुको नाम प्रहरीले खुलाएको छैन् । जुवाखालमा जिल्लाका प्रतिष्ठित व्यक्तिहरु, राजनीतिक दलका नेता कार्यकर्ता र व्यापारी रहेको बताइएको छ ।
.gif)