आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

नेपालमा कोभिड संक्रमण १ प्रतिशत, मृत्युदर शुन्यमा


पश्चिम प्रेस
मंगलबार, चैत १ २०७८
  • 666
    Shares

  • images
    images
    नेपालमा कोभिड संक्रमण १ प्रतिशत, मृत्युदर शुन्यमा

    महेन्द्रनगर ।  पछिलो समयमा कोभिड १९ संक्रमण १ प्रतिशत भन्दा तल झरेको छ । आईतबार गरेको परिक्षणमा सातहजार नौ सय ४७ नमुना परिक्षण गर्दा ६५ जनामा संक्रमण देखिएको थियो । जुन परिक्षणको आधारमा ०.८४ प्रतिशत हुन्छ । त्यस्तै गरि सोमबार गरिएको परिक्षणमा १.०७ प्रतिशतमा संक्रमण देखिएको थियो ।

    हाल देशभरि सक्रिय संक्रमितको संख्या चार हजार आठ सय १९ रहेको छ , जस्मध्ये अस्पतालमा मात्रै उपचारत ६८ जना रहेको र कोभिडको कारण मृत्यु हुनेको संख्या भने शुन्यमा झरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस