शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

डोटी अजयमेरु कोटका राजाले निङ्लाशैनी मन्दिरमा चढाएको प्राचीन घन्टी


बुधबार, चैत २ २०७८
  • 1.7K
    Shares

  • images
    images
    डोटी अजयमेरु कोटका राजाले निङ्लाशैनी मन्दिरमा चढाएको प्राचीन घन्टी

    बैतडीको देहिमाण्डौ स्थित निङ्लाशैनी भगवती मन्दिर जति धार्मिक दृष्टिले महत्त्वपूर्ण छ त्यत्ति नै ऐतिहासिक दृष्टिले पनि महत्त्वपूर्ण रहेको छ । यस मन्दिरमा हाम्रो प्राचीन इतिहास र जीवन झल्काउने महत्त्वपूर्ण चिजवस्तु  रहेका छन् । प्रचीन शिलालेख, ढुङ्गाका मुर्ती तथा चक्र, बाँजागाजा, भाडाकुँडा आदि थुप्रै प्राचीन महत्वका वस्तुहरु यस मन्दिरमा रहेका छन् ।   तिनै विविध चिजवस्तु मध्ये डोटी अजयमेरुका प्रख्यात राजा नागी मल्लले चढाएको घन्टी पनि एक हो । प्राचीन किवंदन्ति अनुसार राजा नागी मल्लले देवताहरूको शक्ति परीक्षणका क्रममा शक्ति नभएका देउताहरूको मन्दिर भत्काउने र शक्तिवान देवताहरूको मन्दिरमा देवल बनाउने, मुर्ती बनाउने या केही न केही चिनो छोड्ने गरेको सुन्नमा आउँछ । यसै क्रममा देहिमाण्डौ स्थित निङ्लाशैनी मन्दिरमा पनि शक्ति परीक्षणका लागि आएको र देवीको बारेमा सोधपुछ तथा परीक्षण  गरेको प्रसङ्ग  देवीको मन्दिरमा गाइने लोकगाथामा यसरी आउँछ : 


    डोटी अजयमेरु साइराज माता पुछनलाग्या बात......
    ततनी छै त निङलाड़ि दुर्गा निङलोइ कामी झालो .....
    औतरी गैन निङलाड़ि दुर्गा निङलोइ कामी गैछ  ....


    अरयमेरु कोटका राजाले यदि यो ठाउँमा देवी छन् भने यहाँ रहेको निङालो, गडुवा, भोकर, मानिसमा कम्पन आओस् भन्दा सोही अनुसार नै भएको र साँच्चिकै यो ठाउँमा देवीको बास छ भन्दै मन्दिरमा एउटा ठूलो घन्टी चढाएको मानिन्छ । उक्त घन्टी अहिले पनि देवीको मूल गर्भगृहको शीलामा पूजा लाग्दा बजाइने गरिन्छ । 




    प्रतिक्रिया दिनुहोस