शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कविता फुलेका


बिहीबार , चैत ३ २०७८
  • 723
    Shares

  • images
    images
    कविता फुलेका

    छ वाग झैँ सुन्दर एक देश
    जहाँ फुलेको छ कला अनेक
    नदी सरी निर्मल भै बहेको
    छ ज्ञान विज्ञान घुमी रहेको

    बिछाइदा कञ्चन मेघपुष्प
    कपासका फूल सरी दुरुस्त
    बनी बसेको शिरमौर ताज 
    छ गर्विलो रत्न नगाधिराज

    अनेक खाले चितुवा डुलेका
    सुधा सरी अमृतमा भुलेका
    बुटीहरू छन् जलमै घुलेका
    हिमालमा छन् कविता फुलेका

    मधेशले अन्न दियो थुपारी
    पहाडको त्यो जल लाभकारी
    नदीहरू शर्प सरी बहेका
    समुद्र भेट्ने पथमा गएका

    मिठामिठा राग सधैँ अलापी
    कुहूँकुहूँ कोकिल भाक हाली
    बहार बर्सिन्छ गरा गरामा 
    वसन्त कैदी बन यो धरामा

    मुहारमा लाज अहो घसेकी  
    छ शैलमा जून अडी बसेकी
    छ मृगको जो वनमा विहार
    सुहाग पायो मनले अपार




    प्रतिक्रिया दिनुहोस