शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

प्राचीन कालदेखि पैसा ठोकिदै आएको रुख, जहाँ भेटिन्छन् धेरै पुराना सिक्काहरु


मंगलबार, चैत ८ २०७८
  • 1.3K
    Shares

  • images
    images
    प्राचीन कालदेखि पैसा ठोकिदै आएको रुख, जहाँ भेटिन्छन् धेरै पुराना सिक्काहरु

    बैतडी जिल्लाको ग्वाल्लेक वनमा प्राचीन कालदेखि पैसा (सिक्का) ठोक्दै आइरहेको एक धेरै पुरानो रुख छ । ग्वाल्लेक केदार देवतालाई भेटी स्वरुप यस रुखमा धेरै पहिलेदेखि पैसा ठोक्दै आएको पाइन्छ । त्रिशुल पर्वत र मसिनडाँडा (मिनी खप्तड) को बीचमा बाटोमा रहेको यो रुखमा हजारौँ सिक्काहरु ठोकिएको छ । धेरै पुराना चाँदीका सिक्का देखि हालसम्मका प्रचलनमा आएका थुप्रै सिक्काहरु यो रुखमा ठोकिएको पाइन्छ । भक्तजनहरुले आफूले चिताएको काम पुरा होस् भन्न तथा यस धार्मिक क्षेत्रमा आफू आएको चिनो छोड्नका लागि यस रुखमा पैसा ठोक्ने गरेको पाका पुस्ताले बताउँदै आएका छन् । त्रिशुली पर्वत (ग्वाल्लेक धामको मुख्य देवालय रहेको ठाउँ) र बुढाकेदार एवम् मसिनडाँडा जाने बीच बाटोमा दुईओटा रुख रहेका छन् । यस ठाउँलाई खोलाघर पनि भन्ने गरिन्छ । यी दुई रुख मन्दिर जाने बाटोमा प्रवेशद्वारजस्तै रहेकाले यसलाई खोलाघर भनिएको हो । पुराना पैसाहरुको संग्रहालय जस्तै रहेको यो रुख पुरातात्विक दृष्टिले महत्वपूर्ण रहेको छ । 




    प्रतिक्रिया दिनुहोस