शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

गाउँकै आँफरमा बन्थे  विशेष प्रविधियुक्त भोटेताल्चा


मंगलबार, चैत ८ २०७८
  • 978
    Shares

  • images
    images
    गाउँकै आँफरमा बन्थे  विशेष प्रविधियुक्त भोटेताल्चा

    कुनै समयमा सुदूरपश्चिम क्षेत्र हरेक कुरामा आत्मनिर्भर थियो ।  भाषा, कला, सँस्कृति, पेशा व्यवशाय आदिमा मौलिक पहिचान बोकेको सुदूरपश्चिममा सकेसम्म आफूलाई आवश्यक पर्ने सरसमाग्रीहरु आफै निर्माण गर्दथे । आफूले बनाउन नसकेका कुरा समुदाय स्थरमै एकअर्काको सहयोगमा सम्पन्न हुन्थे । घर परिवार तथा कृर्षि क्षेत्रमा काम लाग्ने विभिन्न सरसमाग्रीहरु समुदाय स्तरमै बन्दथे । हलो, जुँवा, कोदाली, डोको डालो, पारो, विण्णो, लुगा कपडा लगायतका सबै सामग्रीहरु यसै क्षेत्रमा बन्ने र यसै क्षेत्रमा खपत हुने गर्दथे । यस्ता समग्रीहरु निर्माण गर्नमा हाम्रा परम्परागत आँफरहरुको महत्वपूर्ण भूमिका हुने गर्दथ्यो ।  आफ्नो घरलाई सुरक्षित राख्न ढोकामा लगाइने ताल्चा पनि एक हो । ढोकामा लगाउने विभिन्न किसिमका ताल्भा र चाबी हाम्रै आँफरहरुमा बन्दथे । तिनै ताल्चा मध्ये भोटे ताल्चा पनि एक हो । विशेष प्रविधिबाट बनेको भोटे ताल्चा लोक समुदायमा खुबै प्रचलित थियो । विशेष गरी ठूलाठूला घरका खोलामाल युक्त ढोकाहरुका लागि बनाइने भोटे ताल्चा सामान्य रुपमा खोल्न सकिदैनथ्यो । फलामबाट बनेको यो ताल्चा तोडफोड गर्न पनि सकिदैनथ्यो । एकदमै बलियो र विशेष प्रविधिबाट बनेको यो ताल्चा वर्तमान समयमा लोप भइसकेको छ । वर्तमान समयमा बजारबाट किनेर ल्याएका ताल्चा भन्दा यो ताल्चा अत्यन्तै भरपर्दो हुने गर्दथ्यो । यो त एक उदाहरण मात्र हो यस्ता थुप्रै मौलिक प्रविधियुक्त सामग्री वर्तमान समयमा लोप हुँदै गइरहेका छन् । यस्ता सामग्री र सीपलाई पेशा व्यवशायसित जोडेर पुनः स्थिापित गर्न सके हाम्रो मौलिक उत्पादन र पहिचान जोगाउन सकिन्थ्यो । यस्था कुरामा स्थानीय सरकारले नीति निर्माण गरेर प्रोत्साहन गर्नु आवश्यक छ । 




    प्रतिक्रिया दिनुहोस