बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

गुगुल्डिका २५ वर्ष


बिहीबार , चैत १० २०७८
  • 1.5K
    Shares

  • images
    images
    गुगुल्डिका २५ वर्ष

          एक हरान पैरयो लोक भाषाको शब्द २०५४ सालमाइ सुरूमाइ एक पर्चाको शिरानको शब्दका रूपमाइ आयो 'गुगुल्डि' ।जैमाइ बिभिन्न मान्सनकि अफनि मतारी भाषाप्रतिकि भणाइ छापिरैथिन तैको संयोजन  वीरबहादुर चन्द बिश्रामले गरि राखिथ्यो। वि सं २०५४ असौज पछा मैनामैना केइ मैनासम्म दुइपाने डोट्यालि भाषाको साहित्यिक  मासिक पत्रिका रूपमाइ  छापिन पस्यो भण्या अइल यैको आकार ५०पेज पुगिरैछ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमाइ द नं १३~२०५४/५५० दर्ता भया पछा निरन्तर रे नियमित रूपमाइ अइल सम्म गुगुल्डि प्रकाशित हुन पसिरैछ।मातृभाषी साहित्यिक पत्रिकाकारूपमाइ यो क्षेत्रिय क बर्गको पत्रिका दर्ज होइरैछ। बिसुद्धरूपले मातृभाषा संरक्षण रे विकास लैरे साहित्यिक उब्यान्दकि लेखा यैको निरन्तरता कि लेखा संस्थागत विकासकि जरूड़त भया हुनाले गुगुल्डि वाङमय प्रतिष्ठान २०७५गठन होइरैछ। डोटेली लगायतका लोप हुन्पैरया लोकभाषा, साहित्य रे संस्कृतिको  सेको टेको गद्दाइ ल्या सहयोगिनका लाग्दा ९ पुरुस्कार थपना होइ गुगुल्डिका वार्षिक काजबारमाइ बितरण गद्या रे भाषा साहित्यका प्रतिभानलाइ सम्मानित गरिछ।
    भाषा साहित्य संस्कृति संरक्षण अभियानको उपज गुगुल्डि पत्रिका प्रति सुरूसुरूमाइ अनेकन खिसिकाट्याइ कुरड़िलै नभइ नाइ हुन। भौत मान्स यै शब्द को अर्थैलै (भटकना , ह्याक, इच्छा , मनकि मुराद , Strong  Desire ) नाइ जाणन्थ्या, सम्जाउनु पडन्थ्यो। उति बेला बटि है अइल सम्म डोट्यालि भाषाकि उब्यान्दमाइ गुगुल्डि भौतन घच्घच्यायो रे अइल भौत्ति बिउज्जारयान जसो लागन्छ। 


    अइल देश बिदेशका भौत भाषा साहित्यका पारखी यै पत्रिका सित जोडिरयान। हमरी भाषाको साहित्यिक लेखन, लोक साहित्यिक संरक्षण माइ गुगुल्डि  सयौ मान्सनको लेख्ख्या माध्यम मात्रै नाइ होइरयो। ५०है झिक मान्सन सम्मानित गरिराखिछ। याँका १००है झिक साहित्यिक व्यक्तित्वनकि पछ्याण गराइ राखिछ । पत्रिकाका भौत अंक साहित्यिक विशेषांक साहित्यकार बिशेषाङकका रूपमा प्रकाशित होइरयान।पत्रिका  वि सं२०५४ है २०७८ चैत सम्मका २५ वर्षनमाइ २९५ अंक प्रकाशित होइरयान।पत्रिकाका हरेक अंकन माइ कम्तिमाइ १७ जना साहित्यकारनका रचनानले ठौर पाइ राखिछ ।अइल सम्म कमहै कम हजार जनानका ५०००है झिक बिबिध विधाका रचना प्रकाशित भया धेकिनान। डोटेली भाषा साहित्यको अध्ययन गद्द्या मान्सनकि लेखा पत्रिका निको सन्दर्भ स्रोत होइरैछ । गुगुल्डि का सम्पादक / प्रकासक वीरवहादुर चन्दले प्रेश काउन्सिल पत्रकारिता पुरस्कार, भीमदत्त नगरपालिकाले पहलमानसिंह साहित्यिक पुरस्कार लगायतका दर्जनौ सम्मान पाइरख्यान।गुगुल्डि वाङमय    प्रतिष्ठानले साहित्यिक कार्यक्रम, प्रशिक्षणकार्यक्रम लगायतका दर्जनौ कार्यक्रम लै सम्पन्न गरि राख्यान ।
    पत्रिकाका २०७८ सालका हरेक अंक बिशेषाङकका रूपमाइ प्रकाशित होइरयान भण्या प्रतिष्ठानले इसै बर्ष सुदूरपश्चिमका मतारि भाषानकि एक बृहत भाषिक गोष्ठी सम्पन्न गरिबरे तै को २००है झिक पन्नाको भाषा बिशेषाङक लै प्रकाशित गद्द सफल होइ रैछ। नेपाली साहित्यिक पत्रकारिताको इतिहासमाइ इति नियमित रे निरन्तर पत्रिका सायद कोइ नाइ होलो।




    प्रतिक्रिया दिनुहोस