महेन्द्रनगर । धनगढीको नवजीवन अस्पताल कार्वाहीमा परेको छ । अस्पतालमा उपचाररत एक बालकलाई म्याद गुज्रिएको औषधि बेचेको भन्दै आफन्तहरूले उजुरी गरेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीले अनुगमन गरेर बिहीबार २ लाख रुपैयाँ जरिवाना गराएको हो ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका निमित्त प्रमुख ललित प्रसाद पन्तले अस्पताललाई सचेत गराउँदै २ लाख रुपैयाँ जरिवाना गरिएको बताए । उनले उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुदूरपश्चिम प्रदेशले जरिवाना गरेको जानकारी दिए ।
.gif)