महेन्द्रनगर । महाकाली प्रादेशीक अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका –९ की २४ वर्षिय भागरथी धामीको मृत्यु भएको हो ।
बच्चा जन्माइसकेपछि साल नझरेको र धेरै रगत बगेपछि उनको मृत्य भएको महाकाली अस्पतालले जनाएको छ । महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठले राती १ बजे उनको मृत्यु भएको बताए । उनले अक्सिजनको मात्रा धेरै कम भएका कारण उनलाई बचाउने प्रयास गरेपनि सम्भव नभएको बताए । बाच्चाको स्वास्थ्य अवस्था समान्य रहेको छ ।
मृतकका आफन्तले बच्चाको हेरचाह र घटनाको छानविन गर्न माग गरेका छन । अहिले पीडित पक्ष र महाकाली अस्पताल प्रशासनबीच छलफल भइरहेको छ ।
.gif)