आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

त्रिकोणात्मक टी–२० सिरिज: नेपालको सानदार जित (तस्बिरमा हेर्नुहोस्)


पश्चिम प्रेस
शनिबार, चैत १९ २०७८
  • 618
    Shares

  • images
    images
    त्रिकोणात्मक टी–२० सिरिज: नेपालको सानदार जित (तस्बिरमा हेर्नुहोस्)

     महेन्द्रनगर । त्रिकोणात्मक टी–२० सिरिजमा मलेसियालाई पराजित गर्दै नेपालले अपराजित यात्रा कायम राखेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा मलेसियालाई ८५ रनले पराजित गरेको हो। नेपाल यसअघि नै फाइनल प्रवेश गरिसकेको छ। हारसँगै मलेसिया भने सिरिजबाट बाहिरिएको छ। मलेसियाका लागि वीरनदीप सिंहले ४७ र अहमद फैजले ३३ रन बनाए । बलिङतर्फ सन्दीप लामिछानेले तीन विकेट लिए । यस्तै कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले दुई÷दुई विकेट लिए । यस्तै कुशल भुर्तेल र रोहित पौडेलले एक÷एक विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय २३ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५७ बलमा ६ छक्का र १० चौकाको मद्दतमा नटआउट एक सय १० रन बनाए । यस्तै रोहित पौडेलले ५१ रन बनाए । बलिङतर्फ मलेसियाका मुहम्मद वकिफ, पवनदीप सिंह, स्याज्रुल इद्रुस र मुहम्मद आमिरले एक–एक विकेट लिए । आजको खेलमा मलेसिया पराजित भएसँगै पपुवा न्युगिनी (पीएनजी) फाइनलमा पुगेको छ । मलेसिया र पीएनजीको समान दुई अङ्क रहे पनि नेट रनरेटको आधारमा पीएनजी फाइनलमा पुगेको हो । नेपाल भने यसअघि नै फाइनलमा पुगिसकेको छ । फाइनल खेल आगामी सोमबार हुनेछ ।

    1.png
    2.png

    3.png

    4.png
    5.png
    6.png
    7.png
    9.png
    10.png
    11.png
    12.png


    प्रतिक्रिया दिनुहोस