सोमबार, कात्तिक २४ गते २०८३ || Nov 9, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा चैत्र २५ गते देखि टाइफाइड विरुद्धको खोप दिइने


पश्चिम प्रेस
सोमबार, चैत २१ २०७८
  • 976
    Shares

  • images
    images
    कञ्चनपुरमा चैत्र २५ गते देखि टाइफाइड विरुद्धको खोप दिइने

    महेन्द्रनगर । कञ्चनपुरमा चैत्र २५ गते देखी टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । १५ महिना देखी १५ वर्ष मुनीका बालबालिकाहरूलाई टाइफाइड विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालयले  जनाएको हो । 

    स्वास्थ्य कार्यालयका अनुसार चैत्र २५ गते देखी वैशाख १८ गते सम्म बालबालिकाहरूलाई नियमित रूपमा खोप लगाइने छ ।  कञ्चनपुरका १ लाख ६१ हजार १ सय बालबालिकाहरूलाई टाइफाइड विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले जानकारी दिए । 

    खोपका लागी जिल्लाका ५ सय ५४ विद्यालय छनौट गरिने उनले जनाए । कम्तीमा २ सय भन्दा बढी विद्यार्थी भएका विद्यालयमा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । विद्यालयको पहुँच भन्दा बाहिर रहेका बालबालिकाको हकमा भने सम्बन्धित पालिकामा रहेका स्वास्थ्य केन्द्रमार्फत खोप दिइने छ ।

    करिब २९ हजार ३ सय बालबालिका विद्यालय बाहिर रहेको स्वास्थ्य कार्यालयको आङ्कलन छ । स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारका अनुसार एड्स सङ्क्रमित, दिर्घरोगीहरुलाई भने खोप दिइने छैन । 
    अन्य उमेर समूहलाई पनि खोपमा सामेल गराइने स्वास्थ्य कार्यालयले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस