धनगढी । घटना १ः
कैलालीको गोदावरी नगरपालिका ३ का ३८ बर्षीय बिनोद बोहरा गत शुक्रबार राति ११ बजे अत्तरीया स्थित पदमा अस्पतालमा भर्ना भए । झाडापखालाको समस्या लिएर अस्पताल आएका बोहरालाई चिकित्सकले राति नै आईसियुमा भर्ना गरी उपचार सुरु ग¥यो । बान्ता भएलगतै बोहराको निधन भयो । उपचारमा लापरवाही गरेको भन्दै आफन्त र स्थानीयले अस्पताल भवन, एम्बुलेन्स, निजी सवारी साधन लगायत अस्पताल भित्र समेत तोडफोड गरे ।
तोडफोडका कारण करिब ७०लाख रुपैयाँको क्षति भएको पदमा अस्पतालका प्रमुख डाक्टर नरबहादुर मौनीले बताए । ‘रोग जटील भईसकेपछि मात्रै मृतकका आफन्तहरुले उपचारका लागि अस्पतालमा ल्याएका रहेछन् । बिरामीमा झाडापखालासँगै मृगौलाको पनि समस्या रहेछ, उपचारकै क्रममा अचानक उनको ज्यान गयो । यसमा चिकित्सकीय लापरवाही छैन, डाक्टर मौनीले भने ।
बिरामीको उपचारकै क्रममा मृत्युु भएपछि अस्पताल प्रशासन र पिडीत पक्षबिच घटनाको सत्य तथ्य पत्ता लगाउन समिति गठन गर्ने, पिडित परीवारलाई क्षतिपुर्ति दिने सहमति भएपछि मात्रै आफन्तले सव बुझे । पदमा अस्पतालले पिडीत परिवारलाई १५ लाख क्षतिपुर्ति दिने सहमति भयो ।
घटना २ ः
गत असोज ९ गते धनगढीको नवजीवन अस्पतालमा भर्ना भएकी डोटीको शिखर नगरपालिका ६ की २६ बर्षीय सुत्केरी महिलाको १० गते बिहान ८ बजे निधन भयो । अस्पतालले उच्च रक्तश्रावका कारण कार्डियाक एरेष्ट भएर मृत्यु भएको जनायो । तर, मृतकका आफन्तहरुले चिकित्सककै लापरवाहीका कारण बिरामीको ज्यान गएको भन्दै अस्पताल घेराउ गरे । मृतकका आफन्तका अनुसार घटना लगत्तै अस्पताल र पिडीत पक्षहरु बीच ८ लाख क्षतिपुर्ति दिने र २ लाख राहतकोष बनाउने सहमति भएपछि घटना साम्य भयो ।
घटना ३
२०७५ चैत ८ गते धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडाकी २२ वर्षीया सुत्केरी रेखा थापाको मृत्यु भयो । चैत ४गते सेती अस्पताल भर्ना भएकी थापा सामान्य रुपमा सुत्केरी हुन नसकेपछि शल्यक्रिया नै भयोे । मृतका आफन्तका अनुसार शल्यक्रियापछि थापाको पेट सुन्निदै गएको थियो , तर उपचार संलग्न चिकित्सकको टोलीले ग्यास्ट्रिकको कारण देखाउँदै दुई दिनसम्म बेवास्ता गरे। उपचारकै क्रममा थापाको ज्यान गएपछि उनका आफन्तहरु आन्दोलित भए ।
सेति प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिपश्रेष्ठका अनुसार घटना पछि मृतकका परीवार र सामाजिक बिकास मन्त्रालय बिच शिशुको पालनपोषण र औषधिउपचार गर्ने सहमति भयोे ।
यी घटना क्रम हेर्दा सुदूपश्चिममा भएका सरकारी तथानिजि अस्पतालमा अनुसन्धान नै नभई पिडक र पिडीत पक्ष नै क्षतिपुर्ति लिन÷दिन अग्रसर देखिन्छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको जनस्वास्थ्य ऐनमा प्रदेशमा चिकित्सकिय घटना छानबिन गर्न कुनै संरचनाबनाएको देखिदैन । प्रदेश सरकारले ल्याएको जनस्वास्थ्य ऐनकोपरीच्छेद ७को ५१ मा स्वास्थ्य संस्थामा उपचार लिईरहको अबस्थामा कसैको मृत्य ुभएमा मृत्युको कारण पहिचान गर्न तोकीए बमोजिम परीक्षण गरीने उल्लेख छ । प्रदेश सरकारलेनै ल्याएको स्वास्थ्यनितिमा समेत आकस्मिक चिकित्सकिय घटना र स्वास्थ्यकर्मि सुरक्षा सम्बन्धीकुनै ब्यबस्था गरीएको छैन ।
‘बिरामीले अस्पतालमै ज्यानगुमाएका घटनाहरुको अनुुसन्धाननै हुुँदैन,मित्रापत्रमै टुुङ्गीन्छन,’नागरीक अगुुवाप्रमोद पाठक भन्छन्,‘चिकित्सकिय घटना छानबिन गर्ने संयन्त्र नै छैन हाम्रो प्रदेशमा,नागरीकको ज्यान सम्म जाँदा पनि आर्थिक रुपमै घटना मिलाइन्छन्,सरकारी निकायबाट पनिगतिलो अनु्सन्धान हुँदैन्।’
‘हामीले सुनेकाथियौ,चिकित्सकीय कारणले उपचारकै क्रममा बिरामीको ज्यान गएको पुुष्टी भएमा उपचारमा संलग्न ब्यक्तीको लाइसेन्स खारेज गरेर कानुनी कारवाही पनि हुन्छ भन्ने तर सु्दूरपश्चिममाआज सम्मकुुनै डाक्टरमाथी अनुसन्धानतथाकारवाहीभएको सुुनेका छैनौँ’,धनगढी २ का बिरेन्द शाहले भने ।
अस्पताल भनेको जिवन र मृत्युहुने ठाउँ हो कुनै घटना घटेपछि ब्यक्तिगतनभई संस्थागतरुपमाजानुपर्ने नेपालचिकित्सक संघ सुदूरपश्चिम प्रदेशकाअध्यक्ष डा. प्रदिपमिश्र बताउछन् ।
‘कुनै घटना (मेडीकल नेक्लीजेन्स) पछि नेपालको कानुन अनुसार अनुसन्धान गरी दोषि देखिए कारबाहि हुन्छ। बिरामिको उपचारमा चिकित्सककले लापरवाहि गरे संघिय कानुन अनुसार पिडीत पक्षले मेडीकल काउन्सिलमा उजुरी दिए छानबिन गरीने ब्यबस्था छ,’सामाजिक बिकास मन्त्रालयका प्रबक्ता नरेन्द्र सिह कार्किले भने ।
‘पछिल्लो समय घटनापछि बिधि कानुनभन्दा पनि भिडतन्त्र बलियो देखिदै आएको छ।कुनै पनि चिकित्सको बिरामी मार्ने उदेश्य हुँदैन। कहिले काँही प्राविधिक त्रुटीका कारण यस्ता घटना नघट्ने भने हैनन् । यसका नागरीक,चिकित्सक र सरोकारवाला व्यक्ती वा निकाय सचेत वन्न जरुरी छ,’उनले थपे ।
चिकित्सकीय घटना सुदूरपश्चिममा बढ्दो क्रममा रहेको बताउँलै कार्कीले चिकित्सकीय घटना अनुसन्धान गर्न र स्वास्थ्य क्षेत्रको संरक्षणका लागी आवश्यक कानुन निर्माण गरीने बताए ।
स्वास्थ्य संस्था एबम् स्वास्थ्यकर्मि सुरक्षा ऐन ल्याउन माग
कैलालीको अत्तरिया स्थित पदमा अस्पताल तोडफोड भएको घटनाप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।
एक विज्ञप्ति जारी गर्दै संघले अस्पतालमा तोडफोड गर्नु, चिकित्सक तथा कर्मचारीलाई गाली गलौज गर्नु घृषित कार्य भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएको हो । साथै संघले प्रदेश सरकारले स्वास्थ्य सुरक्षा एवम् स्वास्थ्यकर्मी सुरक्षा ऐन ल्याइ कामकाज गर्ने सहज वातावरण बनाउन समेत आग्रह गरेको छ ।
.gif)