रातका चौथा पहर व्यानल मुण रुखमाइ क्षेतर्या चडो बास्सु पस्यो रे गुन्याल्लि आमाकि निन बिउजिगै । निन बिउजुन्ज्याँ आफआफूइ बोल्लु पसिन, “सपकि चेलि व्वारी पानी भद्द निसिगैन, कोइ वनबेत पुजि गैन, मेरी व्व्वारीका ढप हेर ऐल सम्म सिरैछ । ए व्वारी उठ दार उगाड, भाइर छाकलो आइग्यो रे ।” उन्ज्या आँखा माण्णिमाण्णि सीता काखी उठिन रे भण्यो “पख्खा ब कस्याँ उगाडु पारे देल्लिउनि जेठाजिउ सि¥यान रे ।” गुन्याल्लि आमा बोलिन रे “झा भट्ट पानी भद्दु झा, पानीको तोपो नाइथिन, लिपनि घसनि लै क्याले हो ब गद्दु ?”
सीता काखी हात्तै दोधन्या फोलो लै परालको सिरौणो लै सामिबरे पानी पानी भद्द गइन । मान्सुइ लै नपछ्याणिन्या आनाराइ मुण डरै डरै न्वाला पुगिन, तस्सोइ एक फोलो पानी हडैन खित्यो रे सूर्ज ज्वाद्दु पसिन । उन्ज्या न्यारोइ मृग धेकियो रे तसैका खेल भुलिगैन । थोडाबेर तै मृगका छुमुर्का हेरन्ज्या घर झानाकि व्यालो होइग्यो । घरबाट ऐलसम्म पानी नाइलेइ भणि सप जना रिसले भुबाइ¥या । घाम पेलिन्ज्या सीता काखी घर पुगिन रे सासुखाइ यो फोलो बिसाइ दिय त धै भण्यो । गुन्याल्लि काखी खुप खरिइन रे भण्यो “रात्तै गएकी छाकाला घर औन्नाछै, कि पैरैथि इन्ज्याँ सम्म, आँजि भण्णाछ फोलो बिसाइ दिय, सरम नाइऔनि तोइ ? मुइ नाइ हुँ बिसुन्या जैले उचाइथ्यो सोइ बिसोलो ।”
.gif)