महेन्द्रनगर । कञ्चनपुरमा टाइफाइट विरुद्धको खोप लगाइँदै छ । १५ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई आजदेखि टाइफाइटविरुद्धको खोप लगाइँदैछ । खोप अभियानअन्तर्गत आज जिल्लाभरीका खोप केन्द्र र ५ सय ५४ विद्यालयमा खोप लगाइदैछ । कञ्चनपुरका १ लाख ६१ हजार १ सय बालबालिकाहरूलाई टाइफाइड विरुद्धको खोप लगाइने छ । विद्यालयको पहुँच भन्दा बाहिर रहेका बालबालिकाको हकमा भने सम्बन्धित पालिकामा रहेका स्वास्थ्य केन्द्रमार्फत खोप दिइने छ । करिब २९ हजार ३ सय बालबालिका विद्यालय बाहिर रहेको स्वास्थ्य कार्यालयको आङ्कलन छ ।
.gif)