भक्तपुरको प्रसिद्ध विस्का जात्रा आजबाट सुरु भएको छ । जात्रा आज विहानबाट सुरु भएको हो । यस जात्रामा हरेक नयाँंवर्ष सुरु हुनु चार दिन अघि मन्दिर अगाडि राखेर बनाएको भैरबनाथको रथ तान्ने गरिन्छ । यस दिन भैरबनाथको रथलाई तानेर पश्चिमतिर लग्ने गरिन्छ । रथलाई दुवैतिर मोटोमोटो डोरी राखेर सयौं युवायुवतीहरुले तान्ने गर्दछन् । हजारौँ मानिसको भीड लाग्ने यस जात्रामा यस वर्ष पनि निकै चहल पहल देखिन्छ । रथलाई तानेर नगरपरिकर्मा गरेपछि साँंझपख पुनः पाँंचतले मन्दिर अगाडि नै राखेर पहिलो दिनको जात्रा समापन हुने परम्परा रही आएको पाइन्छ ।
.gif)