सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कैलालीमा श्रीमानको हत्यागरि प्रहरीमा जानकारी 


पश्चिम प्रेस
सोमबार, चैत २८ २०७८
  • 1.3K
    Shares

  • images
    images
    कैलालीमा श्रीमानको हत्यागरि प्रहरीमा जानकारी 

    महेन्द्रनगर । कैलालीमा श्रीमानमाथी धारिलो हसिया प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । गयराति मोहन्याल गाउँपालिका –१ स्थित राक्सा घर भएकी चुमा कुमारी थापा बुढामगरले ४३ वर्षीया नारायण बुढा मगरको हत्या गरेको कैलाली प्रहरीले जनाएको हो । 

    बुढामगरले आइतबार राति धारिलो हतियारको प्रयोग गरेर श्रीमानको हत्या गरेको स्विकार्दै ईलाका प्रहरी कार्यालय पणडौन पुगेकी प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

    मृतक नारायण बुढा मगरको टाउको र शरीर अलग पारिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।मृतकको मुचुल्का उठाउन र दोषीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रवक्ता जोशीले जानकारी दिए ।

    रातिको समयमा श्रीमानमाथी एक्लै हतियार प्रहार गरेको वा अरुको पनी संलग्नता रहेको भन्ने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # हत्या
  • प्रतिक्रिया दिनुहोस