बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा दलहरुबिच तालमेलको भरपुर प्रयास


पश्चिम प्रेस
शुक्रबार, वैशाख ९ २०७९
  • 951
    Shares

  • images
    images
    कञ्चनपुरमा दलहरुबिच तालमेलको भरपुर प्रयास

    महेन्द्रनगर । आसन्न स्थानियतहको निर्वाचनका लागी दलहरु चुनावको तयारमा जुटेका छन् । केन्द्रबाट नै ५ दलबिच तालमेल गर्ने सहमती भएबमोजिम कञ्चनपुरमा पनी तालमेलका लागी छलफल भइरहेको दलहरुले बताएका हुन् । नेपाली कांग्रेसका जिल्ला सभापती पदम बोगटीले एकीकृत समाजवादी, माओवादी केन्द्र सँग तालमेलका लागी छलफल भइरहेको बताए । उनले भने,–‘तालमेलका लागी भरपुर प्रयास भइरहेको छ, सबै सकारात्मक नै देखिएका छन् । 

    यस्तै नेकपा एकीकृत समाजवादीका जिल्ला सभापती जिवनथापाले आज मात्रै पालिकामा गई भागबाण्डाका विषयमा छलफल गर्ने निर्णय भएको बताए । उनले तालमेलका लागी सबै सँग फोन सम्पर्कमार्फत वार्ता पनी भइरहेको बताए । नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष देवेन्द्र ढुंगानाले नौँ वटै पालिकामा आफुहरु तालमेलका लागी जुटेको बताए ।

    स्थानियतहको निर्वाचन आउन २० दिन बाँकी रहेका बेला दलहरु चुनावी तालमेलका आधारमा नै जाने निर्णयमा पुगेका हुन् । जसका लागी सहमतीको भरपुर प्रयास भइरहेको नेताहरुले बताएका छन् ।  


    प्रतिक्रिया दिनुहोस