कञ्चनपुर । भीमदत्त नगरपालिका वडा नं ५ मा रहेको सत्यवादी माध्यमिक विद्यालयले भव्यताका साथ राष्ट्रिय शिक्षा दिवस तथा विज्ञान दिवस मनाएको छ। असोज १ गते विज्ञान दिवसका अवसरमा विद्यालयमा विज्ञान प्रदर्शनी आयोजना गरिएको थियो ।त्यसै गरि राष्ट्रिय शिक्षा दिवसका अवसरमा जनचेतनामूलक र्याली तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। विद्यालयबाट प्राप्त जानकारी अनुसार विज्ञान प्रदर्शनीमा २ दर्जन बढी विद्यार्थीहरूको सहभागितामा निर्मित मोडेल उपकरणहरूको प्रदर्शनी तथा अभिमुखीकरण गरिएको थियो। शिक्षा दिवसका अवसरमा विद्यालयको सेवा क्षेत्रमा जनचेतनामूलक प्रभातफेरी आयोजना गरिएको र सोही अवसरमा भीनपा बडा नं ५ तथा १० सुकासाल चौराहा , बनगाउँ चौराहा र विद्यालयमा विद्यार्थीहरूले शिक्षा सचेतनामूलक सास्कृतिक कार्यक्रमसंगै शिक्षा दिवसको सन्दर्भमा स्पिच प्रस्तुत गरेका थिए ।
उक्त दुवै कार्यक्रममा विद्यालयका शिक्षक कर्मचारी तथा ३०० बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो। शिक्षा दिवस कार्यक्रमको नेतृत्व प्र अ सुरेन्द्र सिंह साउद तथा सञ्चालन शिक्षक तिलक नेपालीले गरेका थिए। त्यसैगरी विज्ञान प्रदर्शनीमा सहजीकरण हरिश प्रसाद जोशी तथा हिमालय प्रसाद पन्तले गरेका थिए। विद्यालयमा अध्ययनरत वालवालिकाको सक्षमता बढाउने उद्देश्यले अतिरिक्त क्रियाकलापहरूलाई विभिन्न दिवसहरूसंग जोडेर कार्यक्रम आयोजना गरिदै आएको तथा विद्यार्थीहरूलाई प्रोत्साहन गर्न पुरस्कृत गर्ने व्यवस्था समेत रहेको कुरा विद्यालयका शिक्षक जगदीश ओझाले बताउनु भयो।
.gif)