महेन्द्रनगर । कञ्चनपुरको भिमदत्त नगरपालिका –२ उल्टाखामकी ३९ वर्षीया अनिता भट्टले १५ वर्ष अघि भारतको राजधानी दिल्लीमा ब्यूटी पार्लरको तालीम लिनुभयो ।
दिल्लीमा २ वर्ष तालीम लिएर उहाँ महेन्द्रनगर फर्किनुभयो । र महेन्द्रनगरमा हाईच्वाईस ब्यूटी पार्लर पसल सञ्चालनमा ल्याउनुभयो । व्यवसाय संगसंगै उहाँले ५० जनालाई ब्यूटी पार्लरको तालीम दिनुभयो । ६ महिनाको तालीम पछि तालिम लिएकाहरुले आफ्नै ब्यूटी पार्लर पसल सञ्चालन गरेर व्यवसायमा लाग्नुभयो । “भारतको दिल्लीमा २ वर्ष सीप सिकेर आए,पछि नेपाल आएर अन्य ५० जनालाई तालिम दिए ।” उहाँले भन्नुभयो–“ तालीम लिएका दुई जना अमेरिका र अष्ट्रेलियमा गएर ब्यूटी पार्लर सञ्चालन गरेका बसेका छन ।”
१२ बर्ष अघि देखि सुरु गरेको ब्यूटी पार्लरबाट अहिले मनग्य आम्दानी हुन थालेको उहाँको भनाई छ । “व्यवसाय सुरु गर्दा थोरै लगानीमा सुरु गरेकी हुँ ।” उहाँले भन्न्ुभयो–“अहिले मासिक ३०÷३५ हजार सम्म आम्दानी हुने गरेको छ ।” उहाँले ब्युटिपार्लरमा सिजन अनुसारको कमाई हुने गरेको बताउँनुभयो ।
“बिवाहको सिजनमा ४५÷५५ हजार सम्म मासिक कमाई हुने गरेको छ ।” उहाँले भन्नुभयो–“यो व्यवसायबाट सन्तुष्ट छु यसैबाट म आत्मनिर्भर बनेकि छु ।” उहाँले यसैको आम्दनीले दुई छोरालाई बोर्डिङ स्कुल पढाउन सहयोग पुगेको बताउँनुभयो ।
त्यो बाहेक सासु ससुरा र श्रीमान लाई समेत घर खर्च चलाउन सहयोग गरिरहेको उहाँको भनाई छ । १८ वर्षको उमेरमा नै बिवाह भएपछि उहाँले घरको आर्थिक अवस्था सुधार गर्न र आत्मनिर्भर बन्नका लागि ब्यूटी पार्लर व्यवसाय रोजेको बताउँनुभयो ।
“सानै देखी ब्यूटी पार्लरमा काम गर्ने ईच्छा थियो पछि आफैले केहि गर्नु पर्छ भन्ने सोचले पनि व्यवासाय सुरु गरे ।” उहाँले भन्नुभयो–“जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ सानै देखिको चाहना पुरा भएको छ ।”
.gif)