सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

प्रिय कक्षा १० का विद्यार्थीहरु...


पश्चिम प्रेस
शनिबार, वैशाख १७ २०७९
  • 1.3K
    Shares

  • images
    images
    प्रिय कक्षा १० का विद्यार्थीहरु...

    — यात्रा बल्ल सुरु भएको छ कक्षा ६, ७, ८, ९ भन्दा कक्षा १० को परिक्षा बाट केही नयाँ अनुभव बटुलेका छौँ । हुन त कक्षा नर्सरी देखि नै परिक्षा दिदै कक्षा १० सम्म पुगेउ र कक्षा दश मा केही नयाँ अनुभव बटुलेउ ।
    यी ८ दिनमा रात को निद्रा र दिनको भोक थाती राखेर परिक्षाकै बारेमा अरु दिन भन्दा बढी मिहिनेत गरेउ  । ८ दिन को  अवधिमा प्रत्येक दिन भोलिको पेपर कस्तो आउला भन्ने चिन्ता ले सतायो । बिहानै आफ्नो परिक्षा सेन्टरको गेटमा खुट्टा काप्दै हात काप्दै कोही नर्भस हुँदै अलिकति उत्सुकताले  परिक्षा हल प्रवेश गरेउ र गर्थेउ पनि । 

    परिक्षाको पहिलो दिन भन्दा दोस्रो दिन बाट तपाईंहरु अलि नर्भस बढि हुनु भयो । कयौं विधार्थी भाइ बहिनी हरु प्रत्येक विषयमा राम्रो ग्रेड लिएर पास हुन्छु ए प्लस ल्याउछु भन्ने चाहाना ले परिक्षा हलमा प्रवेस गरेउ र गरेका पनि थियौ । कोरोनाको चपेटामा परि कतिले त पूरा कोर्स पढ्न पाउनु भएन पेपर ले पुरै कोर्स पेस गर्यो । 

    पूरा कोर्स पेस गरेता पनि केही छैन त्यसैमाथी सजिला प्रश्न हरु लाईभाषा बढाएर तपाईं अल्झाउने काम गरियो । केही विषय मा तै पनि तिमिहरु युद्धमा लडिरहेउ पेपर को अन्तिम दिन सम्म पनि जस्तो आए नि समाधान गर्छु भन्ने हिम्मत तिमिहरुमा थियो जसको म सम्मान गर्छु ।

    यी ८ दिन तपाईंहरुको लागि नयाँ दिन बन्न पुगे यी ८ दिनले अब को यात्रा तपाईं को अलि मिहिनेत बढी गर्नु पर्ने किताब किरो मात्र हैन किताब मा भएका प्रस्न मात्र हैन तिनै प्रनहरु लाई पनि परिमार्जन गरेर पढ्नु पर्ने ,साना साना कुरामा पनि केन्द्रीत रहनुपर्ने । मलाई आउछ भनेर त्यो प्रस्न अध्यास गर्न नछाड्ने परिक्षा सोचे भन्दा फरक नि हुन्छ सक्छ भन्ने लगायत का कयौं ग्यान सिकाएको छ अर्थात सन्देश दिएको छ । हुन हो पृय विद्यार्थी भाइ बहिनि हरु अब तपाईं हरु केही महिना पछि कक्षा ११ मा भर्ना हुन्छौँ । अब बढी मिहिनेत गर्नु पर्ने देखिन्छ यो परिक्षा अब जे जस्तो त नभन्नु पर्ने हो तर भन्छु सकारात्मक बुझ्नु होला अहिले को अवस्था बुझेर अब तयारी गर्नुस राम्रो सङ्ग यो पनि भन्नू हुन्छ होला सर ूकति पढेको थिए मैले तर सबै सपना भङ्ग भयो हजुर जे जस्तो भन्नू हुन्छ भनेर ।

    विधार्थी भाइ बहिनी हरु एक कुरा तपाईंहरुले न्युनतम समयमा मा धेरै कुरा सिक्नु पर्ने थियो , उसै दुई वर्ष पढ्न नपाएका कयौं विधार्थिको वेस नै कमजोर भैसकेको थियो त्यसैले अब अवस्थालाई पछीका लाई सम्झना गरि नयाँ यात्र सुरु गर्नुहोस ल । गल्ती नगरी केही सिक्दैनौ गल्ती गर्नै पर्छ आज तपाईं हरुले १० कक्षाको परिक्षा दियौ र कयौं मान्छे का जिवनी पढेउ होला सफलता का कथा पढेउ होला ती सफल हुने मान्छे को यात्रा कयौ गल्ती हरु बाट सुरुवात भएको छ भन्ने कुरा पनि त बुझेका छौ नि हैन र हो नि  ।

    गल्ती गरेउ ठिक गरेउ जानेर गरेको होइनौ पक्कै पनि केही होइन त्यो गल्ती बाट धेरै सिकेउ नि ।अब को यात्रा सफल होस सम्पुर्ण एसइई विधार्थी भाइ बहिनी हरुको अब साथी हरु छुट्टीन्छौ होला कोहि कतै ,कोहि कतै जान्छौ होला हो पृय विधार्थी भाइ बहिनी हरु अब कलेज बदलिए सङ्गै साथिहरु नि बदलिन्छ्न ,पढाउने सरहरु नि बदलिन्छन ,नयाँ ठाउँ नया परिवेश ,नयाँ नीति नियम मा बस्नु पर्छ यहि नै जिन्दगी हो  ।   तर हार कहिले नखानु हिम्मत कहिले नहार्नु तपाईं हरु लाई आगामी यात्राको शुभकामना

    –हरिष चन्द
    गणित शिक्षक 
    नव प्रतिभा सार्वजनिक माध्यमिक विद्यालय महेन्द्रनगर कञ्चनपुर ।


    प्रतिक्रिया दिनुहोस