सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

६२ लाखको सुनसहित बझाङका एक युवक पक्राउ


पश्चिम प्रेस
मंगलबार, वैशाख २० २०७९
  • 841
    Shares

  • images
    images
    ६२ लाखको सुनसहित बझाङका एक युवक पक्राउ

    महेन्द्रनगर । बझाँँङको जयपृथ्वी नगरपालिकाका एक युवक गरगहना सहित पक्राउ परेका छन् । वडा नम्बर १ पिमी कैलाश निवासी २८ वर्षीय अशोकबहादुर सिंह गरगहना सहित बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ एल गाउँ नजिकबाट पक्राउ परेका हुन् ।

    उनको झोलाभित्र खान तलासी गर्दा हार, मंगलसुत्र, बाला, दाना, झुम्की, रामलिला, झाला, ब्रासलेट, कानपासा, औँठी, टप, फुली, टुक्राहरु पथ्थर र मालासहित विभिन्न प्रकारका सुनका गहना बरामद गरिएको प्रहरीले जनाएको छ ।

    उक्त सुनको तौल ८ सय २ ग्राम ७३ मिलिग्राम रहेको र अन्दाजी ६२ लाख रुपैयाँ बराबरको रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। सिंहले वैशाख ४ गते भारतको बेङ्लोरस्थित सुन पसलबाट चोरी गरेर ल्याएको खुलेको प्रहरीले जनाएको छ। 


    प्रतिक्रिया दिनुहोस