महेन्द्रनगर । गत साता आएको बाढीपहिरोले विद्युत सेवा अवरुद्ध हुँदा जिल्ला अस्पतालमा बिरामीको उपचारमा समस्या भएको छ । जिल्ला अस्पताल बझाङमा एक हप्तादेखि विद्युत आपूर्ति नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको अस्पतालले जनाएको छ ।
विद्युत् सेवा अवरुद्ध हुँदा विभिन्न बिरामीको शल्यक्रिया लगायतका अक्सिजन, नेवुलाइजर, एक्सरे, भिडियो एक्स–रेजस्ता स्वास्थ्य सेवा प्रभावित भएको हो । विद्युत् सेवा नभएपछि आकस्मिक सेवा पनि प्रभावित हुँदा बिरामीलाई झन् समस्या भएको छ ।
.gif)