मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

नाना साउँको रिन नगाड्डु


बुधबार, जेठ ४ २०७९
  • 1.2K
    Shares

  • images
    images
    नाना साउँको रिन नगाड्डु

    एक गाउँमाइ एक बुडा मान्स थ्या । उनरो ब्या गरेको एक चेलो थ्यो । अफनो अन्तिम अवस्था पुग्या बेला उनले अफना चेलालाई बोलायो रे भण्यो छौना मेरो अन्तिम अवस्था आइग्यो, मुइले अफना दिन निक्करी खाया, मुइलाइ अफनी जिन्दगीप्रति केइ गुनासो नाइथिन । आब मेरी सप्पै जिम्मेवारी समाल्या रे कूलको नाम राख्या काम तेरो हो । केइ काम गरन्ज्या लै निक्करी सोच विचार गरिबरे गद्द पडन्छ । आइ मेरा नजिक बस मुइले मेरा सयानान बठे सुणेका रे आफूले भोग्याका दिननुबठे जाणेका केइ कुरा बतुनौ भिणछ । चेलोलै बुवाका कुरा सुणि निसुरो भयो रे उनरी अर्तिपुर्तिका कुरा निककरी ध्यन दिबरे सुण्णु पस्यो  । बुवाले चेलाको मुण्डो मसारिबरे भण्यो हेर बा कोइ मान्स लै अमर नाइथिन, एकदिन सपैले मनुश्य चोला छाडिबरे झनुइ पड्या हो । बाँचन्ज्या सम्म सपकि निको गद्दुपडन्छ, काम सोच बिचारले गद्द पडन्छ । देशप्रदेशमाइ अफनी बुद्धि मात्तरी काम लागन्छे । केइ लै गोप्य कुरडि भया अफनि पुतारि थाइलै भण्ण नाइहनो, हिट्टीबार चिफला ढुङामाइ खुट्टो नाइ राख्खु पड्डो, नाना साउको रिन नाइनिकाल्लु पड्डो । राजसभामाइ झुटी नाइबोल्ला, केइ लै बुद्धिले काम गर्या सफल होइन्छ भण्यो । इसाइ अर्तिपुर्तिका भौत कुरडिकानी गरिबरे सिगया । 
    बुवाचेलान कुरडि भयाका आठदस दिनमाइ बिचारा बुडानका श्वर्गबास भया । चेलाले बुवाकी सतिगति गरी । आब मैनादिन पाछा एकदिन बुवाले भणेकि कुरडि मनमा आइ रे बुवाले क्याइ भण्यो रैछ इसो भणिबरे सुच्यो रे परीक्षा गद्या मन लाग्यो । बुवाले चिफला ढुङा खुट्टो जिनराखेइ भणिथ्यो रे क्यइ भण्यो रैछ भणि सोच्यो रे बाटहिटन्ज्या गाडनै एक चिफलो ढुङो धेक्यो रे तैमा खुट्टो राखिहाल्यो । खुट्टो राखन्ज्या चिमट्यो रे तालिउनी पड्यो । ओहो बुवाले तबै भण्यो रैछ भणि सुच्यो । नाना साउको रिन जनगाडेइ भणिथ्यो रे धै कसोत हुन्या रैछ भणि तो लै विचार गद्दाकि नाना रे ठूला दुएइ साउको रिन निकाल्यो ।

    अफनी घरवालीथाइ गोप्य कुरडि जनभणे भण्यो हनाले एकदिन राजा दरबारहै मोर चोरी लियो रे तै मोर लुकाइबरे कुकुडा शिकार पकायो रे पुतारिथाइ भण्यो भणेइ कसैखाइ जन रे मुइत राजा है मोर चोरी लियो हुँ रे उसैको शिकार हो भणिछ ।  धः इसि कुरडि मुइ क्याइ भण्लो भन्थ्या ब नाइ भणु भणिछ । आब पर्भात्तै उइकी घरिना दाँत खुच्चाखुच्चाइ पानी भद्द गैछ । न्वालाथाइ और घगरियान लै रयान । उइ दाँत खुच्चा धेकि बरे भणिछ ब आज त किखाइए ब लि रात्तै दाँत खुच्चाछै भणिछ । सुरुमा त केइनाइ भणिछ रे पाछा एक उइकि साथीले जोर गरी रे भणिहाल्यो । भणेइ कसैखाइ जन रे मुइ तोइखाइ मात्तरी भण्णि हौ बेली मेरा बुडा राजा है मोर चोरी लिया हन रे तब उसैको शिकार दाँतुन अडिरयो हो रे भणिछ । है इसि कुरडि मुइ क्याइ भण्लो भन्छी औरथाइ नाइभणु भणिछ । आब घर झन्ज्या अफना बुडाखाइ भणिहाल्यो, भण्या कसैखाइ जनले परी मल्लाभरै उइका बुडाले राजा है मोर चोरेको रैछ । भण्या कसैखाइ जन भण्णभण्णाइ कुरडि राजदरबार पुगिगै ।

    राजाले सिपाइ पठाया रे तै पोगडिबरे लैझन पस्या । तो सुणिबरे नानो साउ लै ठूलो साउ लै आया रे नाना साउले तुइत आब झेल झान्या है रे मेरा रुप्या को देलो भण्यो रे तैले कानैनि मन्नी हालिराखिथ्यो रे तो समाइ लैग्यो , ठूला साउले अला तसो क्याइ गरिथेइ रे राजाले जति सजाइ तोक्य लै तै को खर्च मुइ दिउलो रे डरेइ न भण्यो रे तै और खर्च दिबरे पठायो । राजाका दरबारमाइ हाजिर भयापाछा राजा ले सोध्यो तुइले मोर चोरेको हो त भणि । उइले साँच्ची बोलिदियो हो हुजर मोर चारेको त रे मेरा बुवाले पुतारीथाइ साँच्ची जनबोलेइ भणिथ्यो रे तब तसैको परीक्षा गद्दाकि चोरेको हो । मोर मुइले घर फलानी ठौर  लुकाइराखिउ भण्यो । राजाले सिपाइ पाठाया त मोर भणिठौर मिलिग्यो । राजाले पाछा तैलाइ इनाम लै दियो रे अफना विशेष कर्मचारिनमाइ नियुक्ति लै दियो तब शयानानकी भणिेकी अर्ती झुटिनाइहन मान्नु पडन्छ ।  

     




    प्रतिक्रिया दिनुहोस