सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

महाकाली अस्पताललाई भेन्टिलेटर हस्तान्तरण


पश्चिम प्रेस
मंगलबार, कात्तिक ९ २०७८
  • 949
    Shares

  • images
    images
    महाकाली अस्पताललाई भेन्टिलेटर हस्तान्तरण

    महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका स्थीत महाकाली अस्पताललाई मेन्टिलेटर हस्तान्तरण गरिएको छ । स्वास्थ्य,वातावरण फाउण्डेसनले अस्पताललाई दुई थान भेन्टिलेटर हस्तान्तरण गरेको हो ।
    स्वास्थ्य, वातारण र जलवायु कार्य फाउण्डेसनका बोर्ड डाइरेक्टर श्रीरामसिंह बस्नेतले कोरोना भाइरस संक्रमितको उपचारमा सहजताका लागि स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागसित समन्वय गरेर देशभरका विभिन्न सरकारी अस्पताललाई २६५ थान भेन्टिलेटर हस्तान्तरण गरेको बताए । कोरोनाको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने सम्भावना रहेकाले बालबालिका देखी वृद्धसम्म काम लाग्ने बेलाफिष्टा भेन्टिलेटर अस्पताललाई उपलब्ध गराएको हो । महाकाली अस्पतालमा थप दुई भेन्टिलेटर थपिएसंगै १४ थान भेन्टिलेटर पुगेको अस्पतालले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस