शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

६० व्यापारी, ठेकेदार र उद्योगीले बुझाएनन् राजश्व, केहीको नाम मात्रै, छैन् बक्यौँता उठ्ने अवस्था


मंगलबार, जेठ १७ २०७९
  • 1.1K
    Shares

  • images
    images
    ६० व्यापारी, ठेकेदार र उद्योगीले बुझाएनन् राजश्व, केहीको नाम मात्रै, छैन् बक्यौँता उठ्ने अवस्था

    महेन्द्रनगर । करोडौं मूल्यका गाडी चढ्ने र आलिसान महलमा बस्ने मालिकहरू नै सरकारलाई तिर्नुपर्ने राजश्व रकम समयमा तिर्दैनन् भन्दा आश्चर्य लाग्न सक्छ । बरु बदनाम हुने गुमनाम नहुने नीति उनीहरूले अख्तियार गरेको सरकारलाई बुझाउनुपर्ने बक्यौता रकमले पुष्टि गरेको छ । 

    नाम चलेका प्रतिष्ठित व्यापारी, ठेकेदार कम्पनी, उद्योगी, व्यापारी लगायतले आयकर र मूल्य अभिवृद्धि कर बापतको सरकारलाई तिर्नुपर्ने राजश्व रकम समयमा तिरेका छैनन् । 

    २०७९ जेठ १३ गते आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले सार्वजनिक सूचना जारी गर्दै मूल्य अभिवृद्धि कर बक्यौता बापतको रकम १५ दिन भित्रमा दाखिला गर्न ६० करदातालाई ताकेता गरेको छ । बक्यौता दाखिलाको लागि विभिन्न समयमा पत्राचार, टेलिफोन, सङ्कलन भ्रमण समेतबाट जानकारी गराइएको भए पनि आलटाल गरेकै कारण सार्वजनिक सूचना नै प्रकाशित गर्नु परेको कार्यालय श्रोतले बताएको छ । 

    सूचना प्रकाशित भएको १५ दिनभित्र बक्यौता मूल्य अभिवृद्धि कर दाखिला गरिसकेको वा गर्न नपर्ने प्रमाण भए पेस गर्नको लागि पनि कर कार्यालयले करदातासँग अनुरोध पनि गरेको छ । अन्यथा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ (१) मा उल्लेखित कुनै वा सबै तरिका अपनाएर करदातासँग बक्यौता कर असुल गरिने थ्रेट पनि कार्यालयले दिएको छ ।

    मूल्य अभिवृद्धि कर झन्डै ६ करोड बाँकी

    आन्तरिक राजश्व कार्यालयमा दर्ता भएका ३६ जना व्यवसायीहरूले मूल्य अभिवृद्धि कर बुझाउन बाँकी छ । कार्यालयका अनुसार उनीहरूबाट ५ करोड ६७ लाख २८ हजार १ सय ४९ रकम असुल गर्न बाँकी छ ।

    जसमा भीमदत्त नगरपालिका वडा नम्बर ४ मा मंगल कम्प्युटरका सञ्चालक रहेका दीपक जाजोदिया, देव के एस टी सप्लायर्स का सञ्चालक देव गुप्ता, बेताल ईम्पेक्सका सञ्चालक मदन राज पाण्डेय, कालिका÷कुमार जे.भी.का सञ्चालक सुनिल कुमार थापा, ठकुराठी ईण्टरप्राईजेजका सञ्चालक दान सिंह ठकुराठी, श्री माता पुर्णागिरी निर्माण सेवाका सञ्चालक पार्वती देवी खड्का, जोशी निर्माण सेवा, स्वच्छन्द–जोशी जे।भी। का सञ्चालक गणेश दत्त जोशी, श्री आर्य निर्माण कम्पनी प्रा।ली।का सञ्चालक संजिव तामाङ, बैजनाथ टे«डिङ्ग कम्पनिका सञ्चालक नैन सिंह बिष्ट, धनगढी उपमहानगरपालिका–४ स्थित शर्मा÷थेगिम जेभीका सञ्चालक सुनिल कुमार थापा, लालझाँडी गाउँपालिका–५ स्थित चन्द्र सूर्य इँटा उद्योगका सञ्चालक श्याम मोहन विश्वकर्मा, बेलौरी नगरपालिका ६ का भागरथी भट्ट, हिरा सिंह राना, वडा नम्बर ४ का  लिता थापा रेग्मी, भीमदत्त ५ का कृष्ण बहादुर खड्का, धनगढी ४ का सुनिल कुमार थापा, पुर्नवास ३ का राम कृष्ण ढकाल, भीनपा ३ का कमलेश कपाडी, कृष्णपुर ५ का उमाकान्त जोशी, पुर्नवास ८ का दूध बहादुर तामाङ, भीमदत्त १८ का जनक राज भट्ट, शुक्लाफाँटा ११ का महेश जोशी, बेदकोट १० का टेकराज पाण्डेय, धनगढी ४ का टेक बहादुर सेठ्ठी, पुर्नवास १ का दर्घ बहादुर साउँद, दोधारा चाँदनी ७ का लक्ष्मण थापा, भीमदत्त ६ का शङ्कर दत्त कपाडी, बेलौरी ८ का बुधराम चौधरी, भीमदत्त १३ का किसन दत्त भट्ट, डडेल्धुरा आलि ताल गाउँपालिका स्थित आशिष् कन्स्ट्रक्सनका सञ्चालक टेक बहादुर सेठी, भीमदत्त १८ का प्रकाश बुडा, बेदकोट ७ का शिवराज पाण्डेय, बेदकोट ९ का चक्र देव अवस्थी सहितले बक्यौँता बुझाउन नमान्दा अन्तिम पटक सूचना प्रकाशन गरिएको कार्यालयका सूचना अधिकारी बलबहादुर विश्वकर्माले बताए ।

    सूचना प्रकाशीतको १५ दिन भित्र बक्यौँता नबुझाएमा प्रचलित कानून अनुसार उनीहरूको बैङ्क खातामा रहेको रकमबाट भरपाई वा जग्गा लिलामको प्रक्रिया दोस्रो चरणमा सुरु हुने उनले बताए । सूचना प्रकाशनको ३ दिनमा २ जना मात्रै सम्पर्कमा आएको कार्यालयले जनाएको  छ । 

    आयकर झन्डै साढे ६ करोड बाँकी

    विसं २०५२ देखी ०५८ यता कञ्चनपुरमा दर्ता भएका व्यवसायीहरूले आयकर मात्रै झन्डै साढे ६ करोड बुझाउन बाँक छ ।  २३ जना व्यापारीले आयकर बुझाउन बाँकी रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उनीहरूबाट ६ करोड ४२ लाख ३३ हजार ७० रुपैयाँ उठ्न बाँकी छ । 

    जसमा कैलालीको धनगढी उपमहानगरपालिका–४ का भीम बहादुर साउँदले सञ्चालनमा ल्याएका ६ बढी फर्महरूको बक्याँैता बुझाउन बाँकी छ । उनले धनगढीमै सञ्चालन गरिरहेका शर्मा÷राजेन्द्र जे।भी।, राजेन्द्र लुम्बिनी जे।भी, लुम्बिनी ÷राजेन्द्र  ÷समानान्तर जे.भी., राजेन्द्र शर्मा जे।भी।र कुमार श्रेष्ठ, राजेन्द्र जे.भी. को बक्यौँता बुझाउन आलटाली गरेपछि अन्तिम पटक सूचना प्रकाशन गरिएको आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले जनाएको छ । 

    यस्तै भीमदत्त नगरपालिका ४ स्थित चन्दन फु्रट टे«डर्स एण्ड सप्लार्यसका सञ्चालक वीरेन्द्र सिंह, शिलादेवी टडतिसेड ऐण्ड सप्लार्यसका सञ्चालक देबेन्द्र बहादुर सावल, न्यू केदार नाथ बाबा टे«डर्स एण्ड सप्लायर्सका सुपन देवी शाह, अरुण आयल स्टोरका सञ्चालक बुधराम चौधरी,  गंगोत्री गोल्ड रेष्टुरेन्टका सञ्चालक जगदीश चन्द्र भट्ट, शम्भु प्रसाद सुनुवारका सञ्चालक शम्भु प्रसाद सुनुवार, शिवशक्ती ढुवानी सेवा प्रा.लि.का सञ्चालक खगेश्वर बोहरा, न्यू हिमाल फर्निचर उद्योगका सञ्चालक हरपाल मेहरा, भीमदत्त ६ स्थित श्री दिवा शनिदेव जे.भी. का सञ्चालक देविदत्त भट्ट, वडा नम्बर १८ स्थित श्री भवानी कन्स्ट्रक्सनका सञ्चालक इश्वरी प्रसाद भट्ट, कालिका÷कुमार जे.भी.का सञ्चालक सुशील कुमार श्रेष्ठ, आशा देवी खत्री, पिलेट दाना टे«डर्सका सञ्चालक प्रकाश बुडा सहितले बक्यौँता बुझाउन नमान्दा अन्तिम पटक सूचना प्रकाशन गरिएको कार्यालयका सूचना अधिकारी विश्वकर्मा बताउँछन् । 

    केहीको नाम मात्रै, छैन् बक्यौँता उठ्ने सम्भावना

    ठुला घरानाका व्यापारीहरूबाट त अझै कर उठाउन नसक्ने अवस्था रहेको छ । कर ऐन २०५२ लागु हुनु पूर्व देखी नै कर छली गर्दे आइरहेका मुज्फर अहमद लारी नेपाल छोडेर भारत पसेका छन् । मानौँ की उनिबाट कर असुली गर्न कर ऐन २०५२ को दफा २१(१) ले झनै पूर्णता पायो । 

    तर लारीले बक्यौँता भने बुझाउन मानेनन् । कञ्चनपुरको बेलौरी बजारमा ‘लारी डिष्टलरी’ भनी व्यापार गरेका उनको देशका विभिन्न स्थानमा कारोबार रहेको बुझिएको कर कार्यालयका सूचना अधिकारी बलबहादुर विश्वकर्मा बताउँछन् । 
    एक समय नेपालमै प्रख्यात लारी ग्रुप अहिले व्यवसाय तर्फ देखिदैन् । कारण सरकारले तोकेको बक्यौँता बुझाउन नमान्नु । झन्डै ५ करोड बक्यौँता उठाउन सरकारले मुज्फर अहमद लारीलाई आग्रह गर्यो ।

    तर बुझाउन नमानेपछि अन्तिम पटक २०६८ असारमा बिरगञ्जमा रहेको ३ बिघा जमिन, बेलौरी र सुडामा रहेको जमिन लिलाम गरियो । करिब ३ करोड रकम बक्यौँता असुल गरिएपनी अझै निज बाट १ करोड १८ लाख ८० हजार बक्यौँता रकम असुल गर्न बाँकी रहेको आन्तरिक राजश्व कार्यालय श्रोतले जनाएको छ । 

    तर लारी वर्षोपहिले सम्पर्क विहीन भएको तर खोजी भइरहेको आन्तरिक राजश्व कार्यालयका सूचना अधिकारी विश्वकर्माले जनाए । उनले भने,–‘ लारी भारतमा रहेको बुझिएको छ, नेपालमा भएको सम्पत्ति सबै लिलाम भइसकेको छ ।’नेपालमा रहेको उनको नामको सम्पत्ति विभिन्न मितिमा लिलाम भई राजश्व दाखिला गरिएको कार्यालयले जनाएको छ । तर सबै पक्रिया सकिसकेकाले अब लारीको बाँकी बक्यौँता को के हुने भन्ने बारे छलफल गरिरहेका उनले जनाए । उनले भने,–‘लारी बाट उठाउनु पर्ने बक्यौँता औधी नै छ, तर प्रक्रिया सबै पुरा भ्याइयो, सम्पर्कमा आउँछ की भनेर अन्तिम एक पटक सूचनामा उल्लेख गरेका हौ ।’

    यस्तै भीमदत्त नगरपालिका ४ मा रहेको मंगल कम्प्युटर पनि बन्द रहेको कार्यालयले जनाएको छ । मंगल कम्प्युटरका सञ्चालक दीपक जाजोदिया लाई बक्यौँता बुझाउन पटक पटक आग्रह गरिएको सूचना अधिकारी विश्वकर्माले जनाए । तर अटेरि गरिरहेको उनले बताए । कृष्णपुर नगरपालिका वडा नम्बर ५ मा सञ्चालन गरिएको उमा ग्रुप वाईनरी उद्योग पनि बन्द रहेको जनाइएको छ ।  सञ्चालक उमाकान्त जोशी फरार रहेको कार्यालयले जनाएको छ ।  

     

     




    प्रतिक्रिया दिनुहोस