सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

होटेल डिभोटीद्वारा आयोजना गरिएको खुल्ला देउडा प्रतियोगितामा धनेश्वरी रेग्मीको समूह प्रथम


पश्चिम प्रेस
आइतबार, कात्तिक १४ २०७८
  • 1.1K
    Shares

  • images
    images
    होटेल डिभोटीद्वारा आयोजना गरिएको खुल्ला देउडा प्रतियोगितामा धनेश्वरी रेग्मीको समूह प्रथम

    धनगढी ।   होटेल डिभोटीद्वारा दिपावली एवं छठ पर्वको पुर्वसन्ध्यामा आयोजना गरिएको खुल्ला देउडा प्रतियोगिता धनगढीकि धनेश्वरी रेग्मीको समूहले जितेको छ । सनिवार होटेल डिभोटीको प्राङ्गणमा सम्पन्न उक्त खुल्ला देउडा प्रतियोगितामा रेग्मीको समूह कैलालीको फुलबारीका चेतराज फुलाराको समूहलाइ फाइनलमा हराउँदै विजेता बनेको हो । विजेता बनेसँगै समूहमा सहभागी ६ जनाले जनही नगद  १ हजार ५ सय प्राप्त गरे । उपविजेता बनेको फुलाराको समूहका सदस्यहरुले जनही नगद एक / एक हजार प्राप्त गरे। त्यस्तै प्रतियोगितामा तेस्रो स्थान दल बहादुर बोगटी समूह बन्यो भने सान्त्वना पुरस्कार धनसरा साउँदको समूहले हात पार्यो । ती समूह क्रमशः जनही नगद ५/५ सय र ३००/३०० सय प्राप्त गरे । खुल्ला देउडा प्रतियोगिताको निर्णायक समिती संयोजकमको भुमिका डबल बहादुर बिस्टले गरेका थिए भने सदस्यहरुमा खेम राज पाण्डे,दल बहादुर जोरा र बलराम भट्ट रहेका थिए।

    हाम्रो भाषा,कला,संस्कृति संरक्षण एवं प्रचारप्रसारको लागि र स्थानीय खानाका प्रकारप्रती नयाँ पुस्तामा रुचि जगाउनको लागि खुल्ला देउडा प्रतियोगितासँग गतानी डुब्का कार्यक्रम आयोजना गरिएको डोटेल डिभोटीका म्यानेजर हरिश भण्डारीले बताए। उनले अगाडि भने यहि खाना सामन्य दिनमा आएर हाम्रो होटेलमा खानुभो भने हजार बाह्र सय पर्न आउँछ आज विशेष अफर राखेका थियौं मात्र ४ सयमा गतानी डुब्का,भुटेकी छाँच,राइतो लगायत पेटभरी खानेकुरा खान पाइने व्यवस्था गर्यौं उपस्थिति दर्शक पनि सन्तुष्ट हुनुहुन्छ र हामी नि खुशी छौं। उनले अब होटेल डिभोटीले स्थानीय भाषा ,कला संस्कृति,खानपानको प्रचारप्रसार एक प्रवर्द्धनको लागि विभिन्न समयमा कार्यक्रम गरिरहने समेत जानकारी गराए। 
    प्रत्यक्ष देउडा प्रतियोगिता हेर्न र स्थानीय खानाको स्वाद लिन सयौंको संख्यामा धनगढीका स्थानीयको उत्साहजनक उपस्थित रहेको थियो। प्रतियोगितामा सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशी,धनगढी उपमहानगरपालिकाका उपप्रमुख शुशिला मिश्र भट्ट एवं यस क्षेत्रका कलाप्रेमीको उपस्थित रहेको थियो। कार्यक्रमको सन्चालन सुवास संकल्प भण्डारी र शुशिला देउवाले गरेका थिए।


    प्रतिक्रिया दिनुहोस