सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

निर्मला हत्या प्रकरणको अनुसन्धान प्रार्थमिकतामा छ : आईजीपी सिंह


पश्चिम प्रेस
बिहीबार , जेठ १९ २०७९
  • 716
    Shares

  • images
    images
    निर्मला हत्या प्रकरणको अनुसन्धान प्रार्थमिकतामा छ : आईजीपी सिंह

    काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान प्राथमिकतामा रहेको जनाएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा आईजीपी सिंहले आफ्नो कार्यकालको प्राथमिकतामा निर्मला हत्या प्रकरण रहेको बताएका हुन् । उनले भने, अनुसन्धानमा प्रश्न उठ्ने गरेका छन् । मेरो कार्यकालमा प्राथमिकतामा छ । 

    कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्न अभियुक्तलाई अहिलेसम्म पनि प्रहरीले पक्राउ गर्न सकेको छैन। सिंहले गलत काम गर्ने प्रहरीमाथि कारबाही सुरु गरिएको भन्दै बढुवाको हकमा मेरिट बेसमा गरिने पनि बताए। ‘तलबाट टपक्क टिपेर कसलाई पनि ल्याइँदैन। ब्याचमा बेस्ट भएका अगाडि आउँछन्’, उनले भने, ‘सोर्सफोर्सले बढुवा हुँदैन। शक्तिकेन्द्र धाउनेको रेकर्ड राखिन्छ।’

    निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४ वर्ष पुग्न लाग्दा पनि दोषी पत्ता लागेका छैनन् । २०७५ साउन १० गते भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित साथीको घरमा गएकी निर्मला भोलिपल्ट उलटाखाम सडकछेउ उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन्। घटनाको २६ औं दिन भदौ ४ गते प्रहरीले अभियुक्तका रूपमा सार्वजनिक गरेका भीमदत्त–१९ बाग्फाँटाका दिलीपसिंह विष्ट नै दोषी भएको भन्दै छानबिनका लागि दुर्गाले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन् ।

    प्रहरीले विष्टमाथि पुनः छानबिन नगरेको उनको गुनासो छ । प्रहरीले विष्टलाई सार्वजनिक गरेपछि महेन्द्रनगरमा आन्दोलन झनै चर्किएको थियो । वास्तविक अपराधी जोगाउन प्रहरीले नक्कली अपराधी खडा गरेको भन्दै स्थानीयले आन्दोलन चर्काएका थिए । २०७५ भदौ ८ गते प्रहरीले आन्दोलनकारीमाथि गोली चलाउँदा भीमदत्त–१८ भगतपुरका शनि खुनाको मृत्यु भएको थियो । प्रहरीले भने अहिले पनि निर्मला घटनामा ठोस प्रमाणकै खोजीमा रहेको जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस