शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

वर्षाले किसान खुसी, रोपाइँको चटारो


पश्चिम प्रेस
शनिबार, असार १८ २०७९
  • 862
    Shares

  • images
    images
    वर्षाले किसान खुसी, रोपाइँको चटारो

    बैतडी । केही दिनदेखि भइरहेको वर्षाले बैतडीका किसान खुसी भएका छन् । वर्षापछि रोपाइँ गर्न पाएको र वर्षे बालीलाई राहत पुगेपछि यहाँका किसान खुसी भएका हुन् । वर्षा नभएर रोपाइँ गर्न नसकिएको र मकै, भटमासलगायत वर्षे बाली सुक्ने अवस्था थियो । रोपाइँ गर्न राहत पुगेको दोगडाकेदार–३ श्रीकोटका मानसिंह विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षा नहुँदा रोपाइँ गर्न सकिएको थिएन, वर्षे बालीलाई पनि राहत मिलेको छ ।” यसअघि असार पहिलो सातासम्म वर्षा नहुँदा किसान चिन्तित बनेका थिए । हालसम्म जिल्लामा ७५ प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । सिँचाइको सुविधा भएको ठाउँमा रोपाइँ सम्पन्न भएको छ भने आकाशे पानीका भरमा रोपाइँ हुने क्षेत्रमा पनि धमाधम भइरहेको छ । जिल्लाको सुर्नया र चौलानी नदी किनार, पुर्चौडीको हाट, पाटन, पञ्चेश्वरलगायत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । पाटन नगरपालिकाको पाटन फाँट, सलेना, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिकाका विभिन्न क्षेत्र तथा दशरथचन्द नगरपालिकाको सेरालाई धान खेतीको पकेट क्षेत्र मानिन्छ । बैतडीमा नौ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ ।


  • सम्बन्धित विषय:

  • # वर्षाले किसान खुसी, रोपाइँको चटारो
  • # रोपाइँको चटारो
  • प्रतिक्रिया दिनुहोस