महेन्द्रनगर । कञ्चनपुरको बेलौरीमा आँखाको उपचार सुरु भएको छ । बिहिबार नेपाल नेत्रज्याति संघ र गेटा आँखा अस्पतालको आयोजनामा एक कार्यक्रम गर्दै आँखाको उपचार स्थानीय स्तरमै सुरु गरिएको हो । हिजो भएको उद्घाटन कार्यक्रमको अध्यक्षता डा. भोजराज पन्तले गरेका थिए भने बेलौरी नगरपालिकाका प्रमुख पोतीलाल चौधरीले प्रमुख आतिथ्यता ग्रहण गरेका थिए । उक्त कार्यक्रममा बेलौरी नगरपालिकाका उपप्रमुख, प्रशासकीय अधिकृत लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । गेटा आँखा अस्पतालका डाइरेक्टर डा.सुरेर राज पन्तको टिमले उद्घाटनकै अवसरमा १३ जना आँखाको रोगीहरुको उपचार गरेका थिए भने ४ जना बिमारीहरु सुगर बढी भएका कारण उपचार नगरी घर पर्किएका थिए । १३ जना मध्ये ८ जनाको फेको मेसिनद्वारा उपचार गरिएको थियो भने ४ जनाको हातले अप्रेसन गरिएको थियो । अबदेखि हरेक महिनाको अन्तिम बिहीबार बेलौरीमै आँखाको उपचार तथा शल्यक्रिया गरिने अध्यक्ष डा. भोजराज पन्तले जानकारी दिनुभयो ।
.gif)