शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

आँखाको हेरचाह कसरि गर्ने ?


बुधबार, साउन ४ २०७९
  • 576
    Shares

  • images
    images
    आँखाको हेरचाह कसरि गर्ने ?

    महेन्द्रनगर । आँखा मानव शरिरको सबैभन्दा संवदेनशील अंग हो । त्यसैले आँखाको उचित हेरचाहको पनि उत्तिकै जरुरी छ । अहिले मोबाइल, टिभी, कम्प्युटर, ल्याप्टप आदिलाई प्रयोग गर्ने क्रम बढ्दो छ । लामो समयसम्म मोबाइल कम्प्युटरमा लगातार काम गर्ने गर्नाले आँखामा समस्या आउँछ । जसले गर्दा आँखा सुक्खा हुनुका साथै आँखा बिझाएजस्तो हुने, आँखा सुख्खा हुने, टाउको पछाडि दुखेजस्तो हुने, आँखा रातो हुने, आँखा थाक्ने जस्ता समस्या सुुरु हुन्छन् ।

    कार्यालयमा वा घरैमा पनि कम्प्युटरमा काम गर्ने मानिसले कम्प्युटर र आफ्नो दूरी कति टाढा छ भन्ने कुरा पनि ख्याल गर्नुपर्छ । कम्प्युटरको एङ्गल र आफुनो टाउकोको एङ्गल कति राख्ने अनि कोठामा कति बत्ती बाल्ने वा प्रकाशको व्ययवस्था कस्तो हुने, कोठामा कता एसि अनि पङखा राख्ने जस्ता कुरामा पनि ध्यान दिनुपर्छ ।

    २० मिनेटसम्म मोबाइल कम्प्युटरमा लगातार काम गरिरहेपछि कम्तीमा पनि २० सेकेण्डसम्म ३० फिट टाढासम्म हेर्नुपर्छ । आँखाको उपचार तथा उचित हेरचाह गर्नको लागि धुलो, धुवाँ तथा घाममा धेरै नबस्ने, घाममा निस्कदा चश्माको प्रयोग गर्ने, सफा पानीले मुख धुने, चिसो तथा सफा पानीले दिनमा २/३ पटकसम्म चिसो पानीले आँखा धुनुका साथै स्वास्थ्यवर्द्धक खानेकुरामा ध्यान दिनु आवश्यक हुन्छ ।


  • सम्बन्धित विषय:

  • # आँखा
  • # स्वास्थ्य


  • प्रतिक्रिया दिनुहोस