शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

गर्मी मौसममा अनुहार तथा छालाको सुरक्षा गर्ने घरेलु उपाय 


बिहीबार , साउन ५ २०७९
  • 787
    Shares

  • images
    images
    गर्मी मौसममा अनुहार तथा छालाको सुरक्षा गर्ने घरेलु उपाय 

    महेन्द्रनगर । गर्मीमा अत्यधिक पसिना, चिल्लोपन, कडा घामको किरण र प्रदूषणको प्रभावले छालामा समस्या देखा पर्न सक्छन् । जसकारण छालामा बिभिन्न किसिमका टेनिङ, एलर्जी, चायाँ, पोतो लगायतका समस्या देखा पर्दछन । गर्मीमा तैलीय ग्रन्थिहरू धेरै सक्रिय हुने भएकाले अनुहार चिल्लो र चमकहीन देखिन सक्छ । चिल्लो छालामा धेरै धूलो टाँसिने र अनियन्त्रित पसिना आउने हुँदा तैलीय ग्रन्थिहरू थुनिने भएकाले डन्डिफोर बढाउँछ ।

    छालामा देखिने यी समस्याबाट बच्न गर्मीमा दैनकि दुई पटक नुहाउनुपर्छ । यसो गर्दा पसिनाको दुर्गन्ध र त्यसबाट हुने इन्फेक्सनमा कमी आउँछ । गर्मिमा फेसियल गर्नपरे घरभित्रै काँक्रोको रस, एलोबेराको जुस, कागती, मिल्क पाउडर, दही, बेसार, चन्दन पाउडर, गाजर, मह, पुदिना तथा तुलसीका पातको लेप बनाएर लगाउन सकिन्छ । यसले गर्मीमा छालालाई राहत प्रदान गर्दछ । अनुहारमा पिम्पल्स हटाउन काँक्राको रसमा कागती, बेसार र चन्दन पाउडर मिसाएर अनुहारमा लगाएपछि १५ मिनेटसम्म रहन दिएर धुनु पर्दछ ।

    Untitled design - 2022-07-21T124358.094.png

    जस्ले गर्दा शीतलता प्रदान गर्नुका साथै मरेका कोष, संक्रमण फैलाउने कीटाणु समेत हटाएर रोमछिद्र समेत खोल्दछ । साथै अनुहार चिलाउने समस्या भएमा एलोबेरा जुसमा गुलाबजल मिसाएर प्रयोग गर्नुपर्छ । यसबाट स्किन एलर्जी, र्‍यासेस एवं चिलाउने समस्या समेत हट्न जान्छ । यस्को साथै गर्मियाममा खानपिनमा समेत बिशेष रुपमा ध्इान दिनुपर्दछ । 


  • सम्बन्धित विषय:

  • # अनुहार तथा छालाको सुरक्षा


  • प्रतिक्रिया दिनुहोस