शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

दिव्य दुहिता


बिहीबार , साउन ५ २०७९
  • 565
    Shares

  • images
    images
    दिव्य दुहिता

    चकोरी चन्दाकी चमक जसरी रातहरुमा
    बगे झैँ गङ्गामा कमल हरिया पातहरुमा
    छ संसारै डुङ्गा तरुण मनकी केवट तिमी
    मलाई लैजाऊ गगन पथमा आउँछु घुमी

    लुकेका छन् तिम्रा वदन भरमा  काव्य कविता
    झुलेका देख्दैछु गजल मतला शेर रसिला 
    फुलेका छन्  मानौँ नवरस अलङ्कार उपमा
    म टिप्थे ती सारा टुपुटुप सबै मृदु चखना

    तिमी डुल्दा मानौँ हरिण जसरी डुल्छ वनमा
    नसामा ती तिम्रा नयन नसिला छट्टु पनमा
    अहो आधा हासो नरम रसिला ओठहरुमा
    भरौँ के बुट्टा खै कमल अथवा कल्पतरुमा

    भिगेमा त्यो धोती सलिल झरनामा तनसगैँ
    यसो लाग्ने मानौँ गगन छ सफा बादल नभै
    उज्यालो प्रभाती रविकिरण जस्तै वदनमा
    म बत्ती के बालौँ दिनकर स्वयम् छ्यौ सदनमा

    तुसारोले छोप्दा अनुपम धरा भो अजबको
    दुपट्टा उड्दा त्यो तन वदन लाग्ने गजबको
    किशोरी कौमारी कलम कविकी कौतुककला
    बनायो कल्ले खै नरम तनकी  दिव्य दुहिता 




    प्रतिक्रिया दिनुहोस