महेन्द्रनगर । कञ्चनपुरको बेलौरीमा अक्सिजन प्लान्ट जडान सुरु गरिएको छ । बेल्लाडाडी गाउँपालिका,लालझाडी गाउँपालिका, पुनर्वास नगरपालिकाका र बेलौरी नगरपालिकाको संयुक्त लगानीमा बेलौरीको श्रीपुर स्वास्थ्य चौकीमा प्लान्ट जडान गर्न लागिएको हो । प्लान्ट जडानका लागि काठमाडौंको फियर ट्रेड प्रालिसँग १ करोड ४३ लाख र बेलौरी नगरपालिकाको १२ लाख ५२ हजार ४ सय २९ रुपैयाँ बजेटमा बेलौरीकै गणेश निर्माण सेवासँग ठेक्का सम्झौता भएको छ । अक्सिजन प्लान्ट बेलौरी र पुनर्वास नगरपालिकाको ६५÷ ६५ लाख र लालझाडी र बेलडाँडी गाउँपालिकाको ३५÷३५ लाख बजेटमा छ । दैनिक ७५ सिलिन्डर उत्पादन क्षमताको प्लान्ट जडानले कञ्चनपुरको दक्षिणी क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवामा निकै सहज हुने विश्वास गरिएको छ ।
.gif)