सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

राष्ट्रिय सेवा दलको चौथो वार्षिकोत्सव भव्यताका साथ सम्पन्न


पश्चिम प्रेस
शुक्रबार, पुस ९ २०७८
  • 847
    Shares

  • images
    images
    राष्ट्रिय सेवा दलको चौथो वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

    महेन्द्रनगर । कञ्चनपुरमा नेपाली सेनाको श्रीदल गुल्म भगतपुर  ब्यारेकले राष्ट्रिय सेवा दल (एनसीसी)को चौथो वार्षिकोउत्सवको उपलक्षमा महेन्द्रनगर बजारमा सरसफाइ गर्नुका साथै जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।  
    कार्यक्रममा प्रभावत फेरीका साथै समाजमा रहेका विकृति विसंगति अन्त्य गर्नका लागि जनचेतनामूलक कार्यक्रम गरिएको श्रीदल गुल्म भगतपुर ब्यारेकका गुल्मपति, सेनानी भिष्म केसीले जानकारी दिए ।
    कार्यक्रममा विभिन्न राष्ट्रभक्तिका गीत,कविता र चेतनामुलक सामाग्री प्रस्तुत गरिएको थियो । शुक्रबार आयोजित कार्यक्रममा श्री नं. २५ बाहिनि अड्डाका बाहिनिपति रहायकरथी कृष्ण जिसी लगायत सैनिक अधिकृतहरुको,सुरक्षा निकाय,विभिन्न सरकारी निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
    नेपाली सेनाले कञ्चनपुरमा लामो समयदेखि राष्ट्रिय सेवा दल (एनसीसी) को तालिम दिदै आएको छ । अहिले जिल्लाका आठवटा विद्यालयका दुईसय बढी विद्यार्थीहरु अहिले राष्ट्रिय सेवा दल (एनसीसी)को तालिम सहभागी छन ।


    प्रतिक्रिया दिनुहोस