महेन्द्रनगर । सोमबार कञ्चनपुरमा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भारतबाट आएका ३१ जनामा संक्रमण देखिएको हो । ६९८ जनाको नमूना ऐन्टिजेन विधिबाट परीक्षण गर्दा सीमा नाका गड्डाचौकीमा ३१ जनामा कोरोना भेटिएको हो । त्यसैगरी कृष्णपुर नगरपालिकामा १८, भीमदत्त नगरपालिकामा १४, दोधारा चाँदनीमा ८ र बेलौरीमा ३ जना संक्रमित भएकोे स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।
.gif)