लागुऔषध भनेको सामान्य तथा लाग्ने औषधी हो ।शरीर तथा मस्तिष्कमा अनावश्यक रुपमा उत्तेजना सिर्जना गर्नका लागि सेवन गरिने विभिन्न विषालु जडिबुटी तथा औषधीहरुलाई लागुऔषधका रुपमा लिन सकिन्छ । दुव्र्यसनी भनेको नराम्रो बानी हो । सामान्यतया दुव्र्यसनीलाई लागुऔषधसँग जोडिए पनि नराम्रो खानपान बानी व्यहोरालाई पनि दुव्र्यसनीका रुपमा लिइन्छ । दुव्र्यसनीतथा लागुऔषधको सेवन एक प्रकारको कुलत हो । विभिन्न खानपानका माध्यमले शरीर तथा मस्तिष्कलाई उत्तेजित पार्न सेवन गरिने नसालु पदार्थलाई लागुऔषधको सेवन भनिन्छ । मानिसहरु जानी नजानी यस्ता किसिमका लतहरुमा लाग्ने गर्दछन् । मानिसले लागुऔषधको लत लागेपछि आफू मात्र नभएर परिवार, समाज तथा राष्टूलाई नै खतरामा पारिराखेका हुन्छन् । यसकारण लागुऔषधलाई एकप्रकारको नराम्रो लतका रुपमा लिने गरिन्छ । अर्को शव्दमा भन्नुपर्दा लागुऔषधको सेवन एक प्रकारको कुलत हो । नसालु पदार्थको सेवन, धुम्रपान, मद्यपान, विभिन्न औषधीहरुको सेवन आदि यस कुलत अन्तर्गत पर्दछन् । डाक्टरको सल्लाह र परामर्श बाहेक औषधीको जथाभावी दुरुपयोग गर्नु पनि कुलत हो । गाँजा, चरेस, अफीम, हिरोइन, रक्सी, चुरोट, सुर्ती जस्ता नसालु पदार्थको सेवन गर्नु दुव्र्यसन हो । यस्ता किसिमका कुलतहरुबाट मानिसको स्वास्थ्यमा विभिन्न किसिमका समस्या आउनुका साथै मनमा नराम्रा विचारहरु आउने गर्दछन् र जसले गर्दा समाजमा विभिन्न किसिमका अपराधिक घटनाहरु घटिरहेका हुन्छन् ।
मानिसहरु लागुऔषध तथा दुव्र्यसनीमा पर्ने विभिन्न कारणहरु हुन सक्छन् । यस्ता प्रमुख कारणहरुमध्ये लागुऔषधको बारेमा ज्ञान नहुनु प्रमुख कारण हो । लागुऔषधको सेवनले भविष्यमा देखा पर्ने खतराहरुको बारेमा जानकारी नहुँदा र आवश्यक सल्लाहको कमीले मानिसहरु लागुऔषध सेवन गर्ने गर्दछन् । यसै गरी लागुऔषध तथा दुव्र्यसनीमा लाग्ने आको कारण साथीभाईहरुको सङ्गत पनि हो । कतिपय बालबालिकाहरु मात्रै नभएर उमेरले परिपक्व भएका मानिसहरु समेत साथीहरुको लहलहैमा लागेर कुलतकमा परिरहेका हुन्छन् । एक दिन त हो रमाइलो गरौँ भन्दै लागुऔषधको सेवन गर्दा बिस्तारै त्यसको लत परिसकेको हुन्छ । त्यसैगरी मनोरञ्जनका लागि पनि मानिसहरुले लागुऔषधको सेवन गर्दै आइरहेको पाइन्छ । विभिन्न चााडपर्व, भोजभतेर, विवाह ब्रतबन्ध तथा सामुहिक पार्टीहरुमा मानिसहरुले रमाइलोका लागि पनि लागुऔषधको सेवन गर्दै आइरहेको पाइन्छ । त्यसैगरी लागुऔष्धमा लाग्ने अर्को मूख्य कारण मानसिक तनाव पनि हो । मानसिक रुपमा असन्तुष्ट मानिसले जीवनका विभिन्न समस्याहरुसँग जुध्न नसक्दा अथावा धैर्यधारण गर्न नसक्दा त्यस्ता समस्याहरुलाई बिर्सनका लागि पनि लागुऔषधको साहारा लिने गर्दछन् । गरिबी, बेरोजगारी, पारिवारिक कलह, जीवनमा सोचेजस्तो सफलता हाँसिल गर्न नसक्दा मानिस मानसिक रुपले तनावग्रस्त हुन्छ र उक्त तनावलाई बिर्सनका लागि मानिसले लागुऔषधको सेवन गर्ने गर्दछन् । त्यसैगरी मानिस शिक्षाको कमीले पनि लागुऔषधको सेवन गर्दछ । उचित अभिभावकत्वको कमीले गर्दा पनि मानिस लागुऔषधको कुलतमा पर्ने सम्भावना रहन्छ । त्यसैगरी कुनै मानिसलाई परिवार तथा समाजले अपहेलना गर्दै तनाव सिर्जना गरिदिएको अवस्थामा पनि लागुऔषध तिर लाग्दछ भने कुनै मासिन अति सम्पन्न हुँदा पनि उसले जे गरे के हुन्छ र भन्ने मनासयले लागुऔषधको सेवन गरिरहेको हुन्छ ।
मानिस सुरुमा बिडि, चुटोट, गुट्का, हुँदै रक्सी, गाँजा, अफीम, तथा विभिन्न औषधीहरुको सेवन गर्न थाल्दछ । यस्ता पदार्थहरु सामान्य पसलदेखि लिएर विभिन्न ठाउँमा उपलब्ध हुन सक्छन् । यस्ता पदार्थ, साथीसङ्गी, औषधी पसल, डुलन्ते विक्रेता आदिबाट प्राप्त हुने गर्दछन् भने आजभोलि इन्टरनेटका माध्यमबाट पनि यसता विभिनन स्रोतहरु खोज्ने प्रवित्ति बढ्दै गएको पाइन्छ । मानिसहरु यस्ता पदार्थ सेवनका लागि विशेष गरी एकान्त स्थान खोज्दछन् । यस्ता स्थानहरुमा होटेल, पाटीपौवा, पुलपुलेसो, वनजंगल, बाटोघाटो, झाडी आदि ठाृँहरुमा लागुऔषधको सेवन हुँदै आएके पाइन्छ । नेपाल लागुऔषध सेवनकर्ता सर्वेक्षण २०७६ का अनुसार नेपालमा होटेलमा २ प्रतिशत, पाटीपौवामा १.५ प्रतिशत, पुलमुनी, ४.३ प्रतिशत, झाडीमा १२.८ प्रतिशत, घरमा ३० प्रतिशत तथा एकान्त ठाउँहरुमा ५१ प्रतिशत लागुऔषध सेवन हुँदै आएको देखाएको छ । नेपालमा प्रयोग हुने लागुऔषधमा सबैभन्दा बढी प्रयोग हुनेमा गाँजाजन्य पदार्थ हो । स्रोतका अनुसार नेपालमा ८०.४ प्रतिशत लागुऔषध गाँजाजन्य पदार्थ रहेको छ भने त्यसपछि डाइजेपाप ९.४ प्रतिशत, अफीम जन्य ४.७ प्रतशित, डूामाडोल १.९ प्रतिशत, सु३ने पदार्थ १.८ प्रतिशत लगायत भ्रमात्मक, उत्तेजनात्मक आदि लागुऔषध पनि प्रयोग हुँदै आइरहेको पाइन्छ । हाल नेपालमा लागुऔषध सेवनको कुलतमा लागेका मध्ये ५ हजारभन्दा बढी मानिस सुधार गृहमा रहेका छन् भने १००० भनदा बढी मानिस मौखिक उपचारमा रहेका छन् । चोरी छिपी लागु औष सेवनकर्ताहरुको संखया भने विगतका वर्षहरुभन्दा बढ्दै गइरहेको पाइन्छ । यस्ता समस्याहरुका बालबालिका तथा २५ वर्षभन्दा कम उमेरका मानिसहर बढी देखिएको पाइन्छ ।
लागु औषध सेवन र दुव्र्ययसनले सेवनकर्ताको स्वास्थ्यमा नराम्रो असर पर्दछ । यसले हाम्रो पारिवारिक तथा सामाजिक जीवनमा पनि ठूलो असर पार्दछ । यसबाट समाजमा विभिन्न किसिमका अपराधिक घटनाहरु घट्ने गर्दछन् । लागुऔषध सेवन र दुर्व्यसन गर्ने मानिसहरुले चोरी, डकैती हत्या, हिंसा, बलात्कार जस्ता घटनाहरु घट्ने गर्दछन् । यस्ता व्यक्तिहरुले घरपरिवार तथा समाजमा द्वन्द सिर्जना गर्ने काम पनि गर्दछन् । लागुऔषधको सेवन तथा दुव्र्यसनले घरपरिवारमा आर्थिक समस्या उत्पन्न हुनको साथै अशान्ति पनि बढाउँछ । यसले हाम्रो सोच्ने क्षमतालाई कमजोर बनाउनुका साथै एकोहोरो टोलाइरहने बनाउँछ । हाम्रो स्मरण शक्ति घटाउनुका साथै हाम्रो मस्तिष्कमा नराम्रो असर पार्दछ । लागुऔषधको सेवनले हाम्रो स्नायुप्रणालीमा असर गर्दछ । यसले हाम्रो शरीरमा भएको रोगप्रतिरोधात्मक क्षमतालाई कमजोर पारेर विभिन्न रोगहरु निम्त्याउँछ । यसले मानसिक तनाव बढाउनुका साथै मनमा विभिन्न किसिमका नराम्रा विचारहरु उत्पन्न गराउँछ । आफूले सोचेजस्तो नभइदिदा कतिपय अवस्थामा आत्महत्या गर्ने जस्ता सोचहरु मनमा आउने गर्दछन् र कतैकतै यस्ता घटनाहरु समेत घट्ने गर्दछन् । यसको सेवनले मनलाई नियन्त्रण गर्न नसक्दा विभिन्न किसिमका मानसिक रोगहरु पनि निम्त्याउने गर्दछ । लागुऔषधको लत लागेपछि छुटाउन गाह्रो हुने भएकाले पछिपछि यसको सेवन गर्न नमिले अर्थात उपलब्ध हुन नसके छटपटी हुने र किन्नका लागि पैसा नभए चोरी गर्ने बानीको पनि विकास हुन्छ । यसले मानिसलाई घरबार विहीन बनाउछ र शिक्षादीक्षा तथा रोजगारीका अवसरहरुबाट बञ्चित गराउँछ । देशमा दक्ष जनशक्तिको अभाव भएर समाज तथा राष्टूको विकासमा पनि यसको असर देखा पर्दछ ।
वर्तमान समयमा यस्ता समस्या विशेष गरेर किसोरावस्थाका बालबालिकामा बढी देखिने गरेको पाइन्छ । साथीहरुको लहलहैमा लागेर चुरोट, बिडी, गाँजा, चरेस, रक्सी तथा अन्य विभिन्न लागुऔषध गर्ने बालबालिका तथा किसोरहरुको संख्या दिनानुदिन बढ्दै गइरहेको पाइन्छ । बालबालिकाहरु कुलतमा लाग्दा उनीहरुको पढाइलेखाइ पनि कमजोर हुने, विद्यालय, घरपरिवार र समाजबाट पनि मायाप्रेम नपाउने हुनाले उनीहरुको जीवन एक्लो हुन्छ । जस्ले गर्दा उनीहरु त्यसको पीडा भुलाउन झन ठूलो कुलतको प्रयोग गर्दछन् र अन्त्यमा ठूलै डूगिष्टको रुपमा चिनिन्छन् । यसको प्रयोगले हत्या, आत्महत्या, बलात्कार, चोरीचकारी जस्ता घटनाहरु पनि बढ्दै गइरहेका छन् । यसरी बालबालिकाहरु कुलतमा फस्दै जानु र विभिन्न अपराधहरु बढ्दै जानु अहिलेको प्रमुख समस्या बन्न पुगेको छ। बालबालिकाहरुलाई लागुऔषध र दुव्र्यसनबाट बचाउन अभिभावकहरुले विशेष ध्यान दिनुपर्ने हुन्छ । हरेक बालबालिकाहरुलाई आफ्नो निगरानीमा राखेर उसलाई विभिन्न किसिमका शिक्षा र नैतिक चरित्रको विकासमा विशेष ध्यान दिनुपर्ने हुन्छ । उनीहरुलाई कुलतमा लागेका व्यक्तिबाट टाढा राख्नुपर्दछ । बालबालिकाहरुको मनोविज्ञान बुझेर उसलाई सदमार्गमा हिडाउने कोशिष गर्नु पर्दछ । लागुऔषध बेचबिखनमा लागेका मानिसहरुबिरुद्ध राज्यले कडा कानुन ल्याएर यसको रोकथाममा विशेष ध्यान दिनुपर्दछ । लागुऔषध दुर्व्यसनका सम्बन्धमा सरकार तथा विभिन्न सामाजिक संघसंस्थाहरुले जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नु पर्दछ । विद्यालयमा पनि यस सम्बन्धमा विशेष शिक्षाको व्यवस्था गरिनुपर्दछ । कुलतमा फसिसकेकाहरुलाई सुधारगृहमा राखेर उसमा भएको दुव्यसनलाई हटाउने कोशिष गर्नुपर्दछ । कुलतमा लागेकाहरुलाई तिरस्कार भन्दा पनि सकारात्मक तरिकाबाट त्यसबाट बाहिर निकाल्ने कोशिष गर्नु पर्दछ । लागुऔषध अहिलेको समाजको जल्दोबल्दो समस्या भएकाले यसको समाधानको लागि व्यक्ति, राज्य तथा सरोकावाला सबै पक्षले यसको निराकणका लागि ध्यान दिनु आजको आवश्यकता हो ।
.gif)