गोःरा सुदूरपश्चिमको एक महत्वपूर्ण र मौलिक पर्व हो । भाद्रमहिनाको दुर्वाष्ठमीमा मनाइने गोःरा पुत्रदा एकादशीदेखि सुरु भएर बिरुडा पञ्चमी, बिरुडा धुने, गोःरा आउने सप्तमी, अठ्यावाली र त्यसपछि लगभग चारपाँच दिनसम्म रहने यो पर्वका सम्बन्धमा राम्रोसँग अध्ययन नहुँदा निकै ठूला विद्वानहरु समेत भ्रममा रहेको पाइन्छ । सरकारी तथा नीजि विद्यालयका कतिपय पाठ्यपुस्तकमा यस पर्वलाई डेउडाका रुपमा बुझ्ने गरेको पाइन्छ । सुनेको भरमा र कतै सामाजिक सञ्जालमा डेउडा खेलेको देखेरै अनुमानको भरमा गोःरालाई डेउडा भनी विदार्थीहरुलाई पढाउँदै आएको पाइन्छ तर यसको वास्तविकता भने त्यो होइन । गोःरा एक महतवपूर्ण पर्व हो । जसमा शिवगौरीको पूजा हुने गर्दछ । पुत्रदा एकादशीको ब्रत लिएर बिरुडा पञ्चमीको दिन महिलाहरुले लोकसाहित्य सगुन फाग तथा विभिनन गाथाहरु गायन गरी केराउ, गहत, गुरुस, मास, गहुँ पञ्च अन्न मिसाइ तामाको ताउलीमा भिगाउने, षष्टकिो दिन न्वाला तथा धारामा धुने, सप्तमिको दिन सप्तमी गोःराको आगमनका साथ पूजाअर्चना गरी सप्तमी धारण गर्ने, कुण्ड कुहाउने गरिन्छ भने सप्तमीको दिन तिनै बिरुडाहरुले गोः¥याखालामा गोःरा राखी अठ्यावाली गायन सहित गौराको स्थानीय विधिअनुसार पूजा अर्चना गर्ने गरिन्छ । अठ्यावाली सकिएपछि फल पट्काउने, बिरडाले सबैको शिमा पुज्ने, आसिर्वचन दिने र अर्को दिनदेखि देवीदेवताहरुको मन्दिरमा पुरुषहरुले ढोलक र मिजुराको साथ ठाडोखेल , ढुस्को, धुमारी खेल्ने र दिन हेरी चापाँच दिनपछि गोःरा सेलाउने गरिन्छ । यसबाहेक पनि यसभित्र थुप्रै कुरा जोडिएका हुन्छन् । गोःराको अवसरमा डेउडा त केवल रमाइलोका लागि खेलिने गरिन्छ । डेउडा खेल सुदूरपश्चिमको मौलिक पहिचान भए पनि यो गोःराको अनिवार्य पक्ष भने होइन । तर यसको अध्ययन नगरी, यसको वास्तविकता नबुझेरै विद्वानहरुले यसलाई केवल डेडा भनि आफ्ना लेख तथा पाठेयपुस्तकमै पनि लेखेर गलत पढाइरहेको पाइन् छ । यसको सुधार र गोःराको वास्तविकताका लागि यसको स्थलगत अधययन गरी वास्तविक तथ्यलाई उजागर गर्नु हामी सबैको कर्तव्य हो ।
.gif)