बुधबार, भदौ ३ गते २०८३ || Aug 19, 2026
  • यो साता चर्चामा :

भाद्र सङ्क्रान्तिको सन्दर्भ


बुधबार, भदौ १ २०७९
  • 590
    Shares

  • images
    images
    भाद्र सङ्क्रान्तिको सन्दर्भ

    आदरणीय र अग्रज व्यक्तिहरूको  सम्मान गर्दै  आफ्नै उपज उपहार स्वरूप प्रदान गराउने परम्परा बोकेको  दिन सिंह संक्रान्ति अर्थात भाद्र संक्रान्तिलाई ओल्क्याइ सकरात, बुडि बाद्याइ सकरात , कुमाउतिर घित्यार,पनि  भनिन्छ । पञ्चाङ्गका हिसाबले  सिंह राशिमा सूर्य प्रवेशको दिन भएकाले सिंह संक्रान्ति भनिन्छ ।  
    श्रावण देखि सूर्य दक्षिणतिर लाग्ने तथा भाद्रमा बर्षा ऋतु पनि  सकिन्छ  । लोक मान्यता अनुसार – “ बिरूड़ा पञ्चमी बटि है जाडजामली श्रीपञ्चमी बटिहै कान कामलि “ अर्थात भदौको बिरूड़ा पञ्चमी देखि जाडो बढदै जाने,  माघको बसन्त पञ्चमी देखि गर्मी बढछ 
    भनिन्छ  ।
    सुदूरपश्चिममा यो दिन आफ्नो खेतबारीमा फलेका मकै  पिडालुका गाभा लगायत आफ्ना इष्टकुल तथा क्षेत्रपाल भुमिया  देवतालाई समर्पित गरे पछि आफन्त अग्रजहरु लाइ समेत ओल्को अर्थात उपहार   दिने गरिन्छ।   देवस्थलमा समर्पित बस्तुबाटै प्रसादको रूपमा ग्रहण गरिन्छ । त्यसैले ओल्के सकरात भनिन्छ । कुनै कुनै समुदायमा यसलाई गबेइ सकरात  पनि भन्ने गरिन्छ । 
    विगतको सामन्तवादी संरचनामा यसले बिकृत स्वरूप लिइ अधिनस्थहरूले ठूलाठालुलाई  ओल्को चढाउने गलत परम्परा बसाइएको थियो । विगतमा जमिनको मालिक मुखिया वा जिम्वाल नै हुने व्यवस्थामा आफ्नो उत्पादनको हिस्सा  ठुलाठालुलाई चढाउने प्रथाले ओल्कोको परम्परा लाई  बिकृत तुल्याएको थियो  । ओल्कोको अन्य परम्परा हेर्दा बिवाह भयेको वर्षको  पहिलो श्रावणमा दुलही माइत बस्ने र दुलहा पक्षले श्रावण १५पछि फलफुल, मिष्ठान्न, पकवान आदि लगेर माइति पक्ष भेटन जाने पनि ओल्कोकै रूपमा स्थापित हुन गयेको छ  । त्यस्तै आफन्तहरू का घरमा न्वारान, ब्रतबन्ध विवाह जस्ता महत्वपूर्ण सांस्कारिक कृत्यहरू सम्पन्न हुँदा पनि उपहार स्वरूप आफ्नो सिर्जना वा उत्पादन दिने परम्परा रही आएको पाइन्छ  । काचो मकै ,पिडालुका गाबा, घिउ मुला, पोषणका दृष्टिले अत्यन्तै लाभदायक खानेकुरातिर प्रवृत्त गराउने यो पर्वको महत्व सान्दर्भिक छ । कृषि निर्भर जनजीवनमा यो महिना आरू नास्पाती फल्ने, मकै बालि थन्क्याउने महिना पनि हो । गौरा पर्वका अवसरमा बिरूडा पनि बिशिष्ठ प्रचलन रहेको छ  ।यो लोक प्रचलन मान्यतामा आधारित छ, पञ्च अनाजले पुजा गर्ने त्यसैको प्रसाद ग्रहण गर्ने डोटेली र कुमाउनी समाजमा यसले महिला प्रधान पर्वका रूपमा गौरा(बिरूड़ा पञ्चमी,   अमुक्ताभरण सप्तमी÷दुर्वाष्टमी) , हरितालिका , गणेश चतुर्थी,  ऋषि पञ्चमीका साथै कृष्णजन्माष्टमी  ,  कुशे औसी , अनन्त चतुर्दशी ,अगस्त्योदय  भदौं महिनाका ठूला पर्व  मानिन्छन्  ।भाद्र पुर्णिमासंगै पार्वण श्राद्ध पक्ष सुरू हुने र पितृविसर्जन लगत्तै दशैको पक्ष सुरू हुने गर्दछ।  सिंह संक्रान्तिका दिन देखि लौकिक रूपमा पुतनाको प्रतीक का रूपमा बुढी बाध्ने÷बाढ्ने       गरिन्छ र हरेक दिन झिकडा थप्दै आश्विन संक्रान्तिका दिन बुढी  पोलिन्छ , त्यसैले आश्विन÷कन्या सङ्क्रान्तिलाई   बुड्डडनि सकरात  भनिन्छ । यसै महिना शुक्ल पक्षको चतुर्दशी र पुर्णिमाका दिन लोक पर्वका रूपमा  “ताकेजाककत “ मनाइन्छ भने भदौ २०गतेका दिन  “ बिसरति “ मनाइन्छ।  भाद्र महिनाको सबै भन्दा ठुलो चाडका रूपमा “गौरा पर्व “लाई डोटेली र् कुमाउनी लोकपर्वका रूपमा मानिन्छ। कालीपुर्व लोक साहित्यको डेउडा र ठाडो खेल तथा कुमाउँमा चाचरी अनि झोडा  लाई विशेष महत्व दिइन्छ । भाद्र महिनामा पर्ने पौराणिक तथा लोक पर्वहरूका स्थापित मान्यताहरू अनुरूपनै सुदूरपश्चिमको समाजमा यस महिनालाई  उल्लासमय रूपमा मनाउने गरिन्छ ।




    प्रतिक्रिया दिनुहोस