वर्तमान नेपालको सुदूरपश्चिम प्रदेश तथा तत्कालीन डोटी राज्य भाषा, कला, साहितय, संस्कृति तथा पर्यटकीय दृष्टिले अत्यन्तै समृद्ध रहेको पाइन्छ । बहुसङ्ख्यक हिन्दुहरुको बासस्थान रहेको यस क्षेत्रमा लोकजीवनका हरेक पक्षहरुमा हिन्दुधर्मको गहिरो प्रभाव रहेको पाइन्छ । डोट्याली लोकसाहित्यमा पनि यसको प्रभाव पर्नु स्वभाविक मानिन्छ । डोट्याली लोकसाहित्यको अध्ययन गर्ने हो भने यस क्षेत्रमा गाइने सुगन, फाग, भलौलो, ढुष्को, धमारी, ठाडोखेल, बातइ, भडा आदि विविध विधाहरुमा पौराणिक कथावस्तुहरु आएको पाइन्छ । डोट्याली लोकसाहितयमा रामायण, महाभारत तथा शिवपुराणको गहिरो प्रभाव परेको पाइन् छ । त्यसमा पनि रामायण र महाभारतसँग सम्बन्धित थुप्रै गाथाहरु रहेका पाइन्छन् । महाभारतसँग सम्बन्धित भगवान श्री कृण्णलीलाका प्रसङ्गहरु पनि डोट्याली लोकसाहितयमा थुप्रै रहेको पाइन्छ । डोट्याली लोकसंसकारहरुमा गाइने सगुन र गौरा पर्वको अवसरमा पुरुषहरुले खेल्ने धुमारी, ढुस्को तथा ठाडोखेलमा भगवान श्रीकृणको जीवनलीलाका थुप्रै प्रसङ्गहरु डोट्याली लोकलय तथा मौलिकताका साथ प्रस्तुत भएको पाइन्छ । गौरा पर्वमा खेलिने कृण्णलीलामा आधारित ढुस्को, धमारी तथा ठाडोखेलको अध्ययन गर्ने हो भने महाभारत एवम् कृष्णलीलामा आधारित भएर पनि थुप्रै मौलिकता र तत्कालीन समाजको चित्रण समेत हुने गरी कथावस्तु प्रसतुत गरिएको पाइन्छ ।
उग्रसेन पछि मथुराका राजा कंसकी बहिनीको विवाहको समयमा देवकीको आठौँ सन्तानबाट तिम्रो नास हुनेछ भन्ने भविष्यवाणी सुनेपछि भयभित भएका कंस ले देवकीलाई निगरानीमा राखेको र दुःख दिएको प्रसङ्गबाट कृष्णजन्मको कथा प्रारम्भ हुन्छ । यसमा देवकीलाई दिपया भनेर सम्बोधन गरेको पाइन्छ । दिपयाबाट जन्मेका सन्तानहर कंसले मार्दै जाँदा दुःखी भएकी दिपया उनकी बहिनी जसया (यसोदा) लाई भेटेर आफ्ना मनका दुखेसा पोख्न अनेक युक्ति निकाल्छिन् । दुई बहिनीको कहाँ भेट होला र मनका बह पोख्ने उचित स्थान कुन होला भन्ने प्रश्न मनमा खेलाइरहन्छिन् । उनी मनमनै बहिन िजसयासँग भेट हुने स्थान र अवस्थाको बारेमा मनमा सोच्दछिन् । दुईबहिनीको भेट आँखिर हाँ होला ? बुबाको घरमा भेट्ने हो भने त्यहाँ मायालु आमा छिन्, मेरो दुःख सुनेर दुःख िहोलिन, राम्रोसँग त्यहाँ पनि बहिनीसँग सबै कुरा राख्न सकिदैन । या त दे जाँतमा भेट हुन्छ तर त्यहाँ भीडभाड हुने हुनाले सुखदुःख बाडफााड हुन सक्दैन, बरु सबैभन्दा राम्रो ठाउँ भनेको र्गगाको किनारमा हुन्छ। स्नान गर्ने बहानामा एकान्त स्थलमा गएर दिदीबहिनीको भेट भए त्यहाँ राम्रोसँग मनका बह पोख्न सकिन्छ भन्ने निश्चय गरी बहिनीलाई गंगास्नानका लागि खबर पठाउँछिन् । दुबै बहिनी गंगाकिनारमा स्नान गर्न जाँदा वारीपट्टि दिपया र गंगाको पारी जसया देखिनछन् । गंगा अत्यन्तै गहिरो भएकाले तर्न सक्दैनन् । त्यही बेला दिपयाले यदि म सत्यधर्ममा अडिग छु भने गंगाले बाटो देओस्, तलको बगेर जाओस् र माथिको बग्न रोकियोस् । बिच गंगामा दुबाचौड बनोस भनी सत्य पुकार्छिन् । त्यसको फलस्वरुप उनले भनेजस्तै गंगाले बाटो दिएको कथा यसमा आउने गर्दछ । यसरी दुबै बहिनी गंगाले बाटो दिएपछि खुसी हुँदै एकआपसमा भेट गर्छिन् । भेट गरी स्नान गरिसकेपछि एकान्त स्थलमा गएर कुराकानी गर्दछिन् । दिपयाले आफूबाट ज्नमाएका सात पुत्र कंसले मारिसेको र आठौँ गर्भ बोकिरहेको कुरा सुनाचउँछिन् । जसयाले पनि आफू गर्भवती भएको कुरा सुनाउँछिन् । दुबै दिदी बहिनीले एकआपसमा कुराकानी गरेपछि आठौँ पुत्रलाई कसरी बचाउने भन्ने उपाय निकाल्न थाल्दछिन् । अन्त्यमा दुबै गर्भवती भएकाले जययाले देवकीको गर्भ बचाउन म बाट जन्मेको सन्तान तिमीलाई दिने र तिम्रो सन्तानलाई म पाल्ने भनी बच्चा सँटासाँट गरौँला भन्ने बाचा गरी घर फर्किन्छन् । दिपया गर्भवती भएको थाहा पाएपछि कंसले उनलाई हतगडी लगाएर जेलमा हाल्छ र भाद्र अष्टमीको राती आकाशवाणीबाट म अब जन्मिदैछु भनेर भविष्यवाणी भएको र कृष्ण जन्मेका, उनी जन्मेपछि हातका नेल आफै खुलेका पहरेदारहरु सुतेका र ढोका आफै खुलेका हुन्छन् । यसरी कृण्णलाई गोकुलमा पुगाएर त्यहाँबाट कन्या ल्याए आएपछि फेरी हातमा नेल परेका र बालिकाको रुवाइ सुनेर सबै बिउझी कंसलाई खबर गरेका र कंसले दिपयासँग आठौँ पुत्र मार्नका लागि मागेको प्रसङ्ग आउँदछ । दिपयाले अनुनय विनय गर्दा पनि कन्या दिन नमानेपछि जबरजस्ति हातबाट खोसेर कन्याको खुट्टा समाइ घुमाएर भित्तामा हान्न खोज्दा बिजुलीको रुपमा कन्या आकाशमा उडेको प्रसङ्ग आउछ । यसरी दिपयाको आठौँ सन्तान उडेको देख्दा कंस अचम्मित र भयभित हुन्छ । उता गोकुलमा भने कृष्णजन्मको उत्सव मनाइन्छ । पछि गोकुलमा कृष्ण छ भन्ने थाहा पाएपछि कंसले उनलाई मार्ने अनेक जुक्ति लगाउँछ । उनले पुतना नामकी राक्ष्सीलाई स्तनमा विस लगाइ पठाउँछ र कृष्णलाई मारेर आऊ भन्दछ । पुतनाले कृष्णलाई मार्न खोज्दा उल्टै कृष्णले पुतनाको बध गरेको प्रसङ्ग डोट्याली लोकसाहित्यमा आउने गर्दछ । कृष्णको जन्म संस्कार हुन्छ। जन्मसंस्कारमा ठूलठूला देवीदेवता हरु आएर आफ्नो भूमिका निर्वाह गर्ने एवमे आशिष दिने कार्य हुन्छ। कृष्णको बाल्यकाल अगाडि बढ्दै गर्दा कंसको मनमा भय उत्पन्न हुन्छ र उनलाई मार्ने अनेक युक्ति युक्ति लगाउछ । एक दिन कंसले आफ्नो घरमा यज्ञ लगाउँछ र कृष्णलाई पनि आमन्त्रित गरेर यज्ञ सामग्र िखोज्न कृष्णलाई पठउँछ । कृष्णलाई बघनीको दुध,, पम्मकोफूल, समुद्रको फिन, शर्पको मणि आदि समग्री ल्याएर आऊ भन्छ । कंसले भनेबमोजिम संघर्ष गर्दै कृष्णले उक्त सामग्रीहरु ल्याएर कंसलाई दिन्छन् । यसरी अनेक प्रकारले कृष्णलाई मार्ने योजना असफल भएपछि कृष्णले कंसको बध गरेका विभिनन प्रसङ्ग डोट्याली लोकसाहितयमा आउने गर्दछन् । डोट्याली लोक साहित्यमा रहेको कृष्णकथा महाभारत तथा कृष्णलीलामा आधारित भए पनि थुप्रै कुराहरुमा मौलिकता रहेको पाइन्छ । त्यसै गरी तत्कालीन डोट्याली समाजको चित्रण समेत यसमा गरिएको पाइन्छ । दिदीबहिनीहरुको भेटका सन्दर्भमा पनि भेट हुने स्थानका रुपमा बैतडी जिल्लाको देजाँतहरुको उल्लेख गरिएको पाइन्छ। पात्रहरुको नामाकणर लगायत थुप्रै कुरामा मौलिक कृष्णकथा डोट्याली लोक समु
दायमा रहेको पाइन्छ ।
.gif)