पुराणनमाइ हिमाललाई पाँच खण्डमाइ विभाजन गरियो छ । जैमध्ये केदार, नेपाल, जालन्धर, कश्मिर रे मानसखण्ड पड्डान । इन पाँच खण्डनमध्ये ‘अगे्र मानस प्रस्तावे’ भणिबरे मानसखण्ड क्षेत्रलाई अग्राधिकार दियो पाइन्छ । मानसखण्ड क्षेत्र भणेको भारतको कालीकुमाऊँबठेइ मध्यकर्णाली रे तिब्बतो खारी प्रदेशबठेइ दक्षिण कैलाली कञ्चनपुरसम्मो भूभाग पडन्छ । मानस सृष्टिको थलो हो, शिवगौरीको धाम हो, जाँ वेदव्यासले वेदको विभाजन रे संहिताबद्ध एवं पुराण, इतिहास (महाभारत) को लेखन सम्पादन ग¥या थ्या । जइलाई आजभोल सेती–महाकाली–कर्णाली भणिन्छ । एइको पौराणिक रे ऐतिहासिक नाम मानसखण्ड क्षेत्र हो । एइ क्षेत्रलाई देवभूमि, दिव्यभूमि, मानसक्षेत्र, श्रीक्षेत्र, उत्तरापन्थ भुणियो छ । एइ ठउर ‘गौरा पर्व’ लाई मानससंस्कृति रे वैदिक संस्कृतिका आधारमाइ मनाइन्छ । एइ पर्वको आप्mनोइ मौलिकता छ, विशेष महत्व छ । शुद्ध–शाकाहारी, सामाजिक एकता एवं भक्ति, अनुशासन रे आत्मविश्वासका साथ मनाइन्छ । साँच्चि भण्ण्या हौ भण्या पूर्वीय आर्य सभ्यतामाइ नारीनलाई दिएको सम्मानको झल्को धेकउन्या पर्व हो गौरापर्व । हिन्दूनका और पर्वन है यो पर्व मिन्मण्या कुरडिमाइ भिन्न, मौलिक रे विशिष्ट रयो छ ।
(क) वैदिक संस्कृतिकी निरन्तरता ः यो पर्व वैदिक नारी अरुन्धती, गार्गी, कात्यायनी, अपाला आदिनको निरन्तरता हो । वैदिक कालमाइ नारी वेद, पुराण पढ्न्थ्या । अग्निहोत्र यजमानी समेत गरन्थ्या भुण्या कुरडिको नमुना हो । आजलइ गौराब्रत लिन्या नारीनले नारीरचित अपौरुषेय अठेवाली, फाग, सगुन गाइबरी नारी चेतना रे विद्वताको आदर्श कायम गरिराखिछ ।
(ख) नारीनले वेद पढ्या अधिकार ः यो हिन्दूधर्मको एक मात्तरै इसो पर्व हो जइले हाम्लाई सुदूरपश्चिम क्षेत्रको वैदिकताको इतिहास धेकउन्छ । हिन्दूधर्मका और कोइलइ पर्वमाइ इसो अवस्था रे व्यवस्था नाइथि । गौराष्टमी रे अमुक्ताभरण सप्तमीका दिन नारीनले वैदिक मन्त्र “श्रीश्चतेलक्ष्मी...” को दीक्षा लिनान । रे यज्ञयाजन गद्द्या अधिकार पउनान ।
(ग) नारीनलाई श्रेष्ठता रे जेष्ठताको अधिकार ः गौरापर्वले नारीजगतलाई श्रेष्ठ र जेष्ठ बनायो छ । बिरुडाले आपूmहइ जेठा जस्याः जेठाजु , जेठानी, सासु–ससुरा रे पइ समेतलाई अप्रत्यक्ष रूपमाइ शिरमा हात राखीबटी लोकभाखामाइ आशीर्वाद दिनु मानसखण्ड क्षेत्रका नारीनले पाएको आत्मसम्मान हो । यो सम्मान विश्वका कोइलइ संस्कृति रे धर्ममाइ दिएको नाइपाइनो ।
(घ) सगोत्री व्या गद्दसक्द्या प्रमाण ः मानसखण्ड क्षेत्र (सुदूरपश्चिम) माइ सामान्यतया सगोत्री विवाहलाई मान्यता दियो छ । यो कुरडि कसै शास्त्र सम्मत नभयालइ गौरापर्वमाइ गाइन्या नारीवेद ‘अठेवाली’ का प्रमाणले मात्तरै सगोत्री व्यालाई शास्त्रीय मान्यता प्राप्त भयो छ । शिव रे गौरी दुएइको गोत्र रे शाखा एकै थ्यो भण्या कुरडि अठेवालीमाइ आएकी हनाले हमरा क्षेत्रमाइ संगाोत्री व्यालाई वैधता दिइएको छ ।
(ङ) योग्य पइ रे सन्तानो कामना ः गौरापर्वले पारिवारिक एकता रे निरन्तरताको कामना गरन्छ । तइकाकारणले गौराष्टमीको मन्त्रमा मन मिल्ने योग्य पइ र संस्कारित सन्तानो प्रार्थना गरिन्छ । दुबा जसो मेरा शाखा सन्तान बढ्ढइ झऊन् भण्या प्रार्थना गरिन्छ । वास्तवमाइ संसार बचाउनकी सन्तान अवश्य चाइन्छ । सन्तानकी पइको आवश्यकता पडन्छ । नत्र मानवीय सभ्यताइ लोप हुनसक्छ । तबै गौराव्रतमाइ पइ रे सन्तानो कामना गरिया हो ।
(च) छोरा र छोरीनप्रति समानता भाव ः गौराव्रतो मूलमन्त्रले कि स्पष्ट पाडन्छ कि देवकीले सन्तान पाउनका लागि अमुक्ताभरण सप्तमी÷ गौराव्रत ग¥या थ्यो । तसइ गौराष्टमी (दुर्बाष्टमी) को मन्त्रमाइ ‘सन्तानं देहि’ भुणिएको हुनाले यो सन्तान कामना व्रत हो । एइ मन्त्रमा छोरा अथवा ‘पुत्रं देहि’ भुणिया नाइथि । छोरा रे छोरी दुवैलाई सन्तान भणिन्छ । त्यसैले एइ व्रतले छोराछोरी दुएनको समानको भाव धकउँन्छ ।
(छ) जातीय सद्भाव रे सामाजिक एकता प्रतीक ः एय पर्वले जातीय स्वाभिमान रे सद्भाव धेकउन्छ । जसोइ, “चतुर्णामपि वर्णानां स्त्रीजनानां विशेषतः” । चारै वर्ण (ब्राह्मण, क्षत्री, वैश्य र शूद्र) व्यक्तिनले उपासना गद्द सक्कान । तबलइ नारी जातिकी लेखा विशेष महत्वपूर्ण पर्व हो । सामूहिक रूपमाइ मनाइने रे खेलिने हुनाले एइले सामाजिक सद्भाव रे एकता भावनालाई स्थापित समेत गरन्छ ।
(ज) श्रीको प्रतीक ः हिन्दूधर्मको मूल आधार ‘श्री’को वाचक लइ गौरापर्व हो । । गौरापर्वमा हिन्दूनका त्रिदेवी महाकाली, महालक्ष्मी, महासरस्वती तीनैनको पूजा गरिन्छ । नौलाकी गौरा, लोली गौरा र सञ्ज्या गौरा गरी तीन गौराको पूजा गरिनु ‘श्री’ को पूजा हो ।
(झ) गास, वास रे कपासो महत्व दर्शाउन्या पर्व ः गौरा पर्व इसो विशिष्ट पर्व हो । जसले मानव जातिलाई गास, बास रे कपासो महत्व दर्शाया हुन्छ । ‘अन्नं ब्रह्मा रसो विष्णुः भोक्ता देवो महेश्वरः” । अन्न ईश्वरो रूप हो । एइको सम्मान गद्दु पडन्छ भुण्डा भावनालाई पाँच प्रकारो अन्न अर्थात् बिरुडाको माध्यमबठे प्रष्ट्या छ भुणिग्या सावा, धान, अपामार्ग शैलापाति आदि वनस्पतिबुठे गौरा प्रतीक बनाइबठी पुज्ज् वनस्पतिको संरक्षण र सम्बद्र्धन गद्दुपड्या भावलाई धेकायो छ । मानवलाई कपासो आवश्यकता पडन्छ । भण्या भाव धागो (दुब्धागो र सप्तम्या) ले देखाएको पाइन्छ । हिन्दूसभ्यतामा मानवको शरीर कुनै पनि अवस्थामा धागो (कपडा) रहित हन नइपड्डो । धागो रहित मानव भूतप्रेत र राक्षसा रूपमाइ हुन्छ ।
एइ प्रकारले गौरा पर्व मानससभ्यताको धरोहर हो । नारी संस्कृतिको नासो हो । यो पर्व सुदूरपश्चिमो मात्र नभई राष्ट्रिय रे अन्तर्राष्ट्रिय पर्व हो । नेपाल, भारत र तिब्बत (चीन) को साझा पर्व हो । मानसखण्ड क्षेत्रो मौलिक पर्व वैदिक एवं लौकिक संस्कृतिको दोभान हो ।
.gif)